शुक्रबार, कार्तिक २९, २०७६
    खेल संसार

    अष्ट्रेलिया यू १९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश

    सेमिफाइनलमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया फाइनलमा स्थान पक्का गर्न सफल

    सोमबार, १५ माघ २०७४, आहाखबर

    एजेन्सी, माघ १५।
    अष्ट्रेलिया १९ वर्षमुनिको विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । न्यूजिल्याण्डमा चलिरहेको प्रतियोगिताको सेमिफाइनलमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया फाईनल प्रवेश गरेको हो ।

    १ सय ८२ रनको लक्ष्य अष्ट्रेलियाले ३७ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गरेको हो । अष्ट्रेलियाका जेम्स इडवार्डसले ७२ रन बनाए ।

    अफगानस्तानका कुईस अहमदले २ विकेट लिए । पहिले ब्याटिङ गरेको अफगानिस्तानले इकराम अलि खिलको ८० रन मद्दतमा १ सय ८१ रन बनाएको थियो ।

    अफगानिस्तानलाई सस्तैमा समेट्न अष्ट्रेलियाका जोनाथन मेर्लाेले चार विकेट लिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast