आईतवार, असोज ५, २०७६
    स्कुल-कलेज

    आर्थिक सहयोग

    बेनीमा साउदी अरबबाट विद्यालयलाई एक लाखभन्दा बढी सहयोग

    विद्यालयका भूपूविद्यार्थी एवम् आर्थिक संकलन अभियानका साउदी अरब संयोजक मनबहादुर क्षत्रीले साउदी अरबमा रहेका नेपालीबाट संकलन गरेको रु एक लाख ११ हजार ५५ शनिबार विद्यालयलाई हस्तान्तरण

    आईतवार, १४ माघ २०७४, रासस /(आहाखबर).
    फाइल तस्वीर : बेनी बजार

    बेनी, म्याग्दी १४ माघ । 

    म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा समुदायको सक्रियतामा निर्माणाधीन अवस्थामा रहेको जयन्ती माविको भवनलाई साउदी अरबबाट एक लाखभन्दा बढीको आर्थिक सहयोग भएको छ । 

    विद्यालयका भूपूविद्यार्थी एवम् आर्थिक संकलन अभियानका साउदी अरब संयोजक मनबहादुर क्षत्रीले साउदी अरबमा रहेका नेपालीबाट संकलन गरेको रु एक लाख ११ हजार ५५ शनिबार विद्यालयलाई हस्तान्तरण गरेका  छन् । भकिम्लीमा समुदाय र दाताको सहयोगमा ३० कोठे पक्की विद्यालय भवन निर्माण भइरहेको छ । विद्यालय भवन निर्माणका लागि हालसम्म करिब रु एक करोड ८० लाखभन्दा बढी खर्च भइसकेको विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले जानकारी दिए । 

    सदरमुकामनजिक रहेर पनि सरकारी निकायबाट उपेक्षामा परेको विद्यालयलाई विपन्न परिवारले जनश्रमदान र अन्नबाली बेचेर समेत भवनका लागि सहयोग गरेका प्रधानाध्यापक पुनले बताए। निर्माणाधीन अवस्थामा रहेको भवनलाई जिल्ला शिक्षा कार्यालयबाट रु १९ लाख ५० हजार सहयोग भए पनि बाँकी सबै चन्दा संकलन गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast