आईतवार, असोज ५, २०७६
    स्कुल-कलेज

    दिवंगत छोरा र नातिको स्मृतिमा विद्यालयमा स्मृति मञ्च निर्माण

    शुक्रबार, १२ माघ २०७४, रासस /(आहाखबर).

    काँकडभिट्टा, १२ माघ । 

    दिवंगत छोरा र नातिको स्मृतिमा सेवा परिवारले झापाको मेचीनगर–१२ मा रहेको कालिका आधारभूत विद्यालयमा रु दुई लाखमा मञ्च निर्माण गरिदिएको छ । 

    विद्यार्थीलाई विद्यालयमा हुने कार्यक्रम गर्न सजिलो होस् भन्ने उद्देश्यले आफ्ना दिवंगत छोरा र नातिको स्मृतिमा सो मञ्च निर्माण गरिएको स्थानीय अमृत सेवा र छलीमाया सेवा तथा सूर्य सेवा र केशरमाया सेवाले बताए । 

    अमृत र छलीमायाका छोरा बिजु सेवाको वैदेशिक रोजगारीका क्रममा एक वर्षअघि मलेसियामा निधन भएको थियो भने सूर्य र केशरमायाका नाति रेवतकुमार सेवाको दुर्घटनामा परी मृत्यु भएको थियो । 

    उनीहरु दुवै सोही विद्यालयका भूतपूर्व विद्यार्थीसमेत रहेको विद्यालयका प्रधानाध्यापक बालकबन्धु रिजालले बताए  । सो मञ्चको उद्घाटन सोही वडाका वडाध्यक्ष सन्तोष मेचेले गरेका थिए  । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast