शुक्रबार, जेष्ठ २३, २०७७
    धर्म-संस्कृति

    शिवालय निर्माण

    झापाको अर्जुनधारामा आश्रमको स्थापनाको ६३ वर्षपछि महापुराण गरिंदै

    आश्रम परिसरमा रहेको मुख्य शिवालय मन्दिर जीर्णोद्वार तथा सिद्धेश्वर आश्रम सञ्चालन गर्ने उद्देश्यले सप्ताह लगाईंदै

    शुक्रबार, १२ माघ २०७४, रासस /(आहाखबर).
    अर्जुनधारा झापा,१२ माघ
     
    झापाको अर्जुनधारा–८ स्थित शिवालय मन्दिर सिद्धेश्वर आश्रममा ६३ वर्षपछि पहिलोपटक महापुराण गरिने भएको छ । 
     
    विसंं २०११ मा दाता शम्शेरबहादुर गिरी, टेकबहादुर गिरी, पदमबहादुर गिरी र भगवान गिरीबाट अतिरुद्रीसहित धार्मिक अनुष्ठान गरी स्थापना गरिएको सो आश्रममा यही माघ १५ देखि २२ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह लगाइने आज शुक्रबार यहाँ आयोजित पत्रकार भेटघाटमा बताइएको हो । 
     
    आश्रम परिसरमा रहेको मुख्य शिवालय मन्दिर जीर्णोद्वार तथा सिद्धेश्वर आश्रम सञ्चालन गर्ने उद्देश्यले सप्ताह लगाउन लागिएको आश्रम व्यवस्थापन समितिका अध्यक्ष नन्दकिशोर गिरीले जानकारी दिए  ।
     
    एघारकठ्ठा जग्गामा रहेको आश्रममा आगामी दिनमा वृद्धाआश्रम, बालआश्रम, गुरुकुलआश्रम, अस्पताल, गौशालालगायत निर्माण गर्ने योजना रहेको आश्रमका उपाध्यक्ष लवकुश गिरीले जानकारी दिए  ।  
     
    पण्डित पुरुषोत्तम बस्याल कथा बाचक र पण्डित सन्तोष निरौला उपवाचक रहनुभएको सो सप्ताहमा विश्व धर्मगुरु किशोरकुमार गौतमले दैनिक प्रवचन दिने भएका छन्  । 
    उक्त सप्ताहका लागि अध्यक्ष गिरीको संयोजकत्वमा ५०१ सदस्यीय मूलसमिति र १२ वटा उपसमिति गठन गरिएको छ । 
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast