सोमबार, असोज ६, २०७६
    स्वाद/परिकार

    आलु र केराउको अचार बनाउने तरिका, जानी राखौं !

    आईतवार, ७ माघ २०७४, आहाखबर

    काठमाडौं । 
    नेपाली खानामा बिशेष रुचीका साथ खाइने परिकार हो, आलु र केराउको अचार । प्राय अचार सबैलाई मन पर्न सक्छ । आलु र केराउको अचार पनि निकै नै स्वादिष्ट हुने गर्छ । 

    प्राय सबैलाई मन पर्ने आलु र केराउको अचार मन परे पनि कसरी बनाउने भन्ने बारे कुरमा तपाई अनभिग्य हुनुहुन्छ भने हामी आलु र  केराउको अचार बनाउने तरिका बारे जानकारी दिनछौ । 
    आवश्यक सामग्री 
    १ किलो आलु (उसिनेर छिल्ने र टुक्रा टुक्रा पार्ने
    ३ सय ५० ग्राम सानो केराउ (एक रात भिजाएको ) वा हरियो केराउ
    १ सय मिलिलिटर तोरीको तेल
    १ ठूलो चम्चा मेथीको दाना
    ५० ग्राम अमिलो (चुक, कागतीको रस वा भिनेगर स्वादअनुसार
    १ सय ग्राम पिसेको तिल
    १ सानो चम्चा बेसार
    १ सानो चम्चा जिराको धूलो
    १ सानो चम्चा धनियाँको धूलो
    १ सानो चम्चा खुर्सानीको धूलो
    १ सय ग्राम हरियो खुर्सानी (काटेको )
    ५० ग्राम हरियो धनियाँ (काटेको )
     नुन स्वादअनुसार ।


    बनाउने विधि :–
    पहिले आलु उमालेर बोक्रा फाली टुक्रा पार्ने र एउटा भाँडामा राख्ने फ्राई प्यानमा तेल तताउने। तेलमा मेथी फुराउने। त्यसमा बेसार, जिरा, धनियाँको धूलो हालेर आलुमा झान्ने। अनि बाँकी सबै सामग्री हाली राम्रोसँग मोल्ने र माथिबाट हरियो धनियाँ छर्कने । त्यस पछि अचार तयार हुन्छ र यसको स्वाद लिन सक्नु हुन्छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast