आईतवार, असोज ५, २०७६
    स्कुल-कलेज

    विज्ञान विशेष

    सुवर्ण अवसर : राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड, २०१८ को आवेदन खुल्ला

    प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिष्पर्धाका लागि सिफारिस गरिने

    शुक्रबार, ५ माघ २०७४, रासस /(आहाखबर).

    काठमाडौँ, ५ माघ । 

    दश जोड दुई तहमा अध्ययनरत विद्यार्थीका लागि राष्ट्रिय प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगिताको आवेदन आह्वान गरिएको छ । 

    पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड, २०१८ को आवेदन खुल्ला भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ओलम्पियाड एक शैक्षिक प्रतिष्पर्धात्मक प्रतियोगिता हो । 

    ओलम्पियाडमा २०७५ असार ६ गतेसम्म (जुन २०, २०१८) २० वर्ष भन्दा कम उमेर हुने १०+२ मा अध्ययनरत वा शैक्षिकसत्र २०१८ मा विश्वविद्यालय कार्यक्रममा भर्ना हुने विद्यार्थीले आवेदन दर्ता गर्न सक्नेछन्। विद्यार्थी सुविधाका लागि सोसाइटीको वेबसाइट        www.nepalastronomicalsociety.org/olympiad मा गई आवेदन फाराम तथा प्रतियोगितासम्बन्धी जानकारी पुस्तिका डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए  । 

    प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीले २०७४ माघ २६ सम्म आफ्नो आवेदन दर्ता गर्नुपर्नेछ । प्रतियोगिताको पहिलो चरणको परीक्षा फागुन ५ मा विराटनगर, चितवन, काठमाडौँ, पोखरा, बुटवल र धनगढीमा सञ्चालन गरिने सासाइटीले जनाएको छ । 

    प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिष्पर्धाका लागि सिफारिस गरिनेछ । सन् २०१४ देखि सञ्चालन गरिएको यस प्रतियोगिताबाट ८०० भन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा परीक्षण गरिसकेका छन् । 

    प्रतियोगितामा खगोल र भौतिक विज्ञान एवं गणितसम्बन्धी प्रश्न सोधिने अध्यक्ष भट्टराईले बताए  । छानिएका विद्यार्थी पाँच महिनापछि हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast