शुक्रबार, जेष्ठ २३, २०७७
    धर्म-संस्कृति

    बौद्ध बैठक

    विश्व बौद्ध भ्रातृत्व बैठकमा सहभागी हुन भिक्षु तपस्सी धम्म म्यान्मार प्रस्थान

    धम्मले नेपालको आर्थिक तथा सामाजिक रुपान्तरणमा बौद्ध शिक्षाको योगदानका बारे सहभागी देशका प्रतिनिधिलाई जानकारी गराउने

    शुक्रबार, ५ माघ २०७४, रासस /(आहाखबर).
    चारुमती स्तुपा, चाबहील काठमाडौँ

    काठमाडौँ, ५ माघ 

    वर्ल्ड  एलाइन्स बुद्धिष्ट (विश्व बौद्ध भ्रातृत्व) को बैठकमा सहभागी हुन नेपालका तर्फबाट चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्म म्यान्मा (वर्मा) प्रस्थान गरेका  छन् । 

    म्यान्माको बगानमा यही माघ ६ देखि १२ गतेसम्म चल्ने उक्त बैठकमा भाग लिन गए राति उनी  त्यसतर्फ गएका हुन्  । नेपाल, बंगलादेश, थाइल्याण्ड, कम्बोडिया, लाओस, संयुक्त अरब इमिरेट्सलगायत २६ मुलुकको सहभागिता हुने छ । बौद्ध दर्शनको प्रवद्र्धनमा सहयोग गर्ने उक्त संगठनको प्रधान कार्यालय थाइल्याण्डमा छ । 

    वर्ल्ड  एलाइन्स बुद्धिष्टको केन्द्रीय उपाध्यक्षसमेत रहेका भिक्षु धम्मले नेपालको आर्थिक तथा सामाजिक रुपान्तरणमा बौद्ध शिक्षाको योगदानका बारे सहभागी देशका प्रतिनिधिलाई जानकारी गराउनेछन्  । 

    नेपालका तर्फबाट भिक्षु धम्मले उक्त बैठकमा औपचारिक रुपमा सन् २०१९ मा नेपालमा बौद्ध दर्शनसम्बन्धी विश्व सम्मेलन गर्न प्रस्ताव गर्नेछन् , त्यसमा छलफल भई अनुमोदन भएमा नेपालले सम्मेलन आयोजना गर्नेछ । 

    करिब एक साताको अवधिमा त्यहाँ अन्तक्र्रियात्मक बैठक, धार्मिक गतिविधि, सम्पदास्थलको भ्रमणमा उनले सहभागिता जनाउनेछन् । 

    करिब २० हजार भिक्षुलाई भिक्षाटन (दान) तथा सात हजार भिक्षुणीलाई बस्त्र दान गर्ने कार्यक्रममा चारुमती बुद्धिष्ट मिसनका समेत प्रमुख रहेका  भिक्षु धम्मको उपस्थिति रहनेछ । उनी  यही माघ १३ गते स्वदेश फर्कने कार्यक्रम छ । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast