शनिबार, जेष्ठ १७, २०७७
    पर्यटन समाचार

    पुल बनेसँगै खोटाङको ‘हलेसी’मा आन्तरिक तथा बाह्य पर्यटकको चाप

    पुल नहुँदा आन्तरिक तथा बाह्य पर्यटकमा कमी, पुल बनेसँगै हलेसीमा तीर्थयात्रीको घुँइचो

    मंगलवार, २ माघ २०७४, आहाखबर

    खोटाङ, माघ २ । 
    खोटाङको धार्मिक एवं पर्यटकीयस्थल हलेसीमा पुग्ने आन्तरिक तथा वाह्य पर्यटकको चाप बढेको छ ।

    खोटाङको प्रमुख नाका जयरामघाटस्थित दूधकोशीमा मोटरेबल पुल बनेपछि पर्यटकको चाप बढेको हो । पुल नहुँदा आन्तरिक तथा बाह्य दर्शनार्थी कम आउने गरेका थिए । 

    पुल बनेसँगै काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, महोत्तरीलगायत जिल्लाबाट हलेसीमा तीर्थयात्रीको घुइँचो लाग्ने गरेको हलेसी महादेवस्थान विकास समितिले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast