बुधबार, जेष्ठ १४, २०७७
    राज्य-समाज

    आज पृथ्वी जयन्ती, देशभर विविध कार्यक्रम, पृथ्वीनारायण शाहको अतुलनीय योगदानको स्मरण

    पृथ्वीनारायण शाहको जन्मदिवसका अवसरमा उनको अतुलनीय योगदानको स्मरण, सरकारद्वारा सार्वजनिक बिदा

    बिहिवार, २७ पौष २०७४, आहाखबर

    २७ पुस, काठमाडौं । 

    आज पृथ्वी जयन्ती अर्थात नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिवसका अवसरमा उनको अतुलनीय योगदानको स्मरण गरेर उनको जन्मोत्सव मनाइँदैछ । सरकारले पनि आज सार्वजनिक विदा दिएको छ । 


    तत्कालीन गोरखा राज्यका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका उनै पृथ्वी नारायण शाहले बाइसे र चौबीसे लगायतका राज्यहरुमा छरिएर रहेका साना राज्यहरुलाई सुझबुझका साथ एकीकरण गरेर आधुनिक नेपाल निर्माणको जग बसाएका थिए । भौगोलिक रुपमा नेपाललाई सिंगो र सम्पन्न राज्यकारुपमा एकीकरण गरेकाले उनै शाहलाई राष्ट्र निर्माताकारुपमा मानिदै आएको छ । 

    यसअघि ६० को दशकमा लोकतन्त्र आएपछि औपचारिक रुपमा राष्ट्रिय एकता दिवस नमनाएको भएतापनि सरकारले यस वर्ष भने विविध कार्यक्रम गरेर पृथ्वी जन्यती मनाउन लागेको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast