बुधबार, जेष्ठ १४, २०७७
    राज्य-समाज

    डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा बहस सकियो, तारेखमा थुनामुक्त गर्न आदेश

    प्राध्यापक डा. गोविन्द केसीका तर्फबाट कृष्ण भण्डारी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, गोपाल सिवाकोटी चिन्तन लगायतबाट बहस

    बुधबार, २६ पौष २०७४, आहाखबर

    काठमाडौं, पुस २६ । 

    प्राध्यापक डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा बहस सकिएको छ । बुधबार भएको बहसमा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा भएको बहसमा निवेदकको तर्फबाट पूर्व महान्यायाधीवक्ता रमनकुमार श्रेष्ठ लगायतले बहस गरेका थिए ।

    डा. केसीका तर्फबाट कृष्ण भण्डारी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, गोपाल सिवाकोटी चिन्तन लगायतले बहस गरे । बहसका क्रममा केसीका वकिलहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पनि इजलासमा उपस्थित गराउन र उनीमाथि लागेको आरोपबारे बोल्न दिन माग गरेका थिए । 

     थुनामुक्त गर्न आदेश

    सर्वोच्च अदालतले  वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले अदालतको अवहेलना मुद्दाको सुनुवाइपछि यस्तो आदेश दिएको हो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast