बुधबार, जेष्ठ १४, २०७७
    राज्य-समाज

    अध्यक्ष द्वय 'केपी ओली र प्रचण्ड' द्वारा कार्यदललाई यथासीघ्र काम अगाडि बढाउन निर्देशन

    एमाले अध्यक्ष ओली निवास बालकोटमा मंगलबार गठन भएको कार्यदलको सदस्यसहितको सहभागितामा छलफल

    बुधबार, २६ पौष २०७४, रासस/ (आहा खबर) .
    फाइल तस्वीर

    भक्तपुर, २६ पुस :

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई दलले मंगलबार गठन गरेको कार्यदललाई तत्काल काम शुरु गर्न निर्देशन दिएका छन् । 

    आज एमाले अध्यक्ष ओली निवास बालकोटमा मंगलबार गठन भएको कार्यदलको सदस्यसहितको सहभागितामा भएको छलफलमा दुई पार्टीका अध्यक्षले कार्यदललाई काम शुरु गर्न निर्देशन दिएको एमालेका नेता एवं कार्यदलका सदस्य शंकर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए । 

    प्रदेशसभा गठनका सन्दर्भमा निर्वाचनमा प्राप्त गरेको मतभारलाई आधार मान्दै एकताको भावनाले काम गर्ने निर्देशन दिएको उहाँले जानकारी दिए । छलफलपछि कार्यदलका सदस्य बाहिरिएपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल जारी राखेका थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast