बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    न्यानो अभियान

    बागलुङमा जाडोमा विपन्न परिवारप्रति लक्षित 'न्यानो अभियान' संचालन

    जाडो याममा जीवनयापन गर्न सहज होस् भनेर कम्बल वितरण गरेको आयोजकको भनाई

    बुधबार, २६ पौष २०७४, रासस /(आहाखबर).

    बागलुङ, २६ पुस  । 

    जिल्लाको उच्च पहाडी भेगमा बस्ने विपन्न परिवारका सदस्यलाई जाडोबाट बच्न न्यानो कम्बल वितरण गरिएको छ । 

    झरना फाउण्डेशन नेपालले मंगलबार ढोरपाटन र निसीखोला गाउँपालिकामा गरी ६० जनालाई कम्बल बाँडेको हो । निसीखोला गाउँपालिका वडा नं ३ र ४ का २० र वडा नं. ६ का २० जनालाई एक-एक वटा कम्बल वितरण गरिएको फाउण्डेशनका संयोजक नविन थापाले जानकारी दिए  । 

    यस्तै, ढोरपाटन नगरपालिकाको वडा नं ७ मा बस्ने विपन्न परिवारका २० जना सदस्यलाई कम्बल प्रदान गरिएको छ । बढ्दो चिसोले जनजीवन प्रभावित भएपछि फाउण्डेशनले ‘न्यानो अभियान’ चलाएको उनको भनाइ छ । 

    स्थानीय जनप्रतिनिधि, समाजसेवी लगायतको उपस्थितिमा कम्बल वितरण गरिएको फाउण्डेशनले जनाएको छ । “जाडो याममा जीवनयापन गर्न सहज होस् भनेर कम्बल वितरण गरेका हौँ” संयोजक थापाले भने  “गरिब तथा विपन्न परिवारप्रति न्यानो अभियान लक्षित छ ।” 

    न्यानो लुगाको अभावमा चिसोले मानव स्वास्थ्यमा समेत गम्भीर असर पार्ने देखेर विपन्न समुदाय लक्षित गरेर ‘न्यानो अभियान’ चलाइएको उनको भनाइ छ । पछिल्लो समयमा देशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा बढेको अत्यधिक चिसोले जनजीवन प्रभावित भएको छ । कतिपय ठाउँमा चिसोकै कारण मानिसको ज्यानै समेत गएको छ । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast