बुधबार, जेष्ठ १४, २०७७
    राज्य-समाज

    नेपाली काँग्रेसको प्रवक्तामा युवा नेता 'विश्वप्रकाश शर्मा' मनोनीत

    प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाद्वारा काँग्रेसको विधानको धारा २४ (३) बमोजिम केन्द्रीय सदस्य शर्मालाई मंगलबार पार्टी प्रवक्तामा मनोनयन

    मंगलवार, २५ पौष २०७४, रासस/ (आहा खबर) .

    काठमाडौँ, २५ पुस :

    प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको प्रवक्तामा पार्टी केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा मनोनीत भएका छन् ।

    प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले नेता शर्मालाई मंगलबार पार्टी प्रवक्तामा मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    पार्टीको १२औँ महाधिवेशनपछि रिक्त प्रवक्ता पदमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले काँग्रेसको विधानको धारा २४ (३) बमोजिम केन्द्रीय सदस्य शर्मालाई प्रवक्ता पदमा मनोनयन गरेका हुन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast