बुधबार, जेष्ठ १४, २०७७
    राज्य-समाज

    अवहेलना मुद्दामा पक्राउ परेका डा. केसीको सुनुवाई बुधबार मात्रै हुने

    बुधबार मात्र सुनुवाई शुरु हुने भएपछी डा केसी आजपनि प्रहरी हिरासतमै बस्नुपर्ने

    मंगलवार, २५ पौष २०७४, आहाखबर

    काठमाडौं, पौष २५।
    अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर गोविन्द केसीको सुनुवाई बुधबार मात्र हुने भएको छ ।

    मंगलबार बयान लिइएको र बुधबारदेखि सुनुवाई हुने  सर्वोच्च प्रशासनले जनाएको छ । आफ्नो लिखित बयानमा डाक्टर केसीले आफूले नभई प्रधानन्याधीस गोपाल पराजुलीले अदालतको अवहेलना गरेको जिकिर गर्नुभएकोे छ ।

    डाक्टर केसीको सुनुवाईका लागि सर्वोच्चले आज न्यायाधीस ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलास तोकेको छ । भोली मात्र सुनुवाई शुरु हुने भएपछी डाक्टर केशी आजपनि प्रहरी हिरासतमै बस्नुपर्ने भएको छ । 
    यसैबीच डा केसीको समर्थनमा राजनीतिक दलका नेता तथा कार्यकर्ता र विभिन्न पेशामा संलग्न व्यक्तिहरुले आज विहान माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast