शनिबार, जेष्ठ १७, २०७७
    राज्य-समाज

    ६ दिन देखि जारी धनकुटाको आमहड्ताल केहि दिनका लागि स्थगित

    हड्ताल स्थगित भएसँगै कोसी राजमार्गको धरान–धनकुटा सडक खण्डमा यातायात सुचारु, जनजीवन सामान्य बन्दै

    मंगलवार, २५ पौष २०७४, आहाखबर

    धनकुटा, पौष २५ । 
    धनकुटालाई प्रादेशिक राजधानीको माग राख्दै विगत ६ दिनदेखि जारी आमहड्ताल आज स्थगित गरिएको छ । आन्दोलनको स्वरुप परिवर्तन गर्ने भन्दै आमहड्ताल केहि दिनलाई स्थगित गरिएको आन्दोलन परिचालन समितिले जनाएको छ । 

    हड्ताल स्थगित भएसँगै  कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात नियमित रुपमा सुचारु भएको छ भने जनजीवन सामान्य बन्दै गएको छ । परिवर्तित आन्दोलनको स्वरुप अनुसार आज दिउसो एक घण्टाका लागि मात्रै धनकुटाको जिरो प्वाइन्ट र हिले बजारमा यातायात बन्द गरिने भएको छ । 

    यस्तै सांकेतिक रुपमा राजधानी घोषणा गरी सरकारी कार्यालयमा मन्त्रालयको साईनबोर्ड राखिएका ठाउमा राष्ट्रिय झन्डा राखिने, मशाल जुलुश, ब्ल्याक आउट, रÞ्याली लगायतका प्रदर्शनका कार्यक्रम जारी राखिने परिचालन समिति संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए । 

    आगामी बिहिवार भने आमहड्ताल र यातायात बन्द गर्ने निर्णय गरेको समितिले जनाएको छ । प्रदेश नं. १ को राजधानी जिल्लालाई बनाउनु पर्ने मुख्य मुद्धा बनाएका धनकुटाबासीले झन्डै एक महिनादेखि आन्दोलनमा विभिन्न गतिविधि गर्दै आएका छन् । 

    पछिल्लो ६ दिनदेखि भने जिल्लामा आमहड्ताल आव्हान गरिपछि जनजीवन प्रभावित बनेको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast