बुधबार, जेष्ठ १४, २०७७
    राज्य-समाज

    निर्वाचनपछि पहिलोपटक वाम एकता संयोजन समितिको बैठक आज बस्दै

    पार्टी एकताका लागि छुट्टै कार्यदल, एकीकृत पार्टीको सिद्धान्त र संगठनात्मक संरचनाका विषयमा केन्द्रित भएर छलफल गरिने

    मंगलवार, २५ पौष २०७४, आहाखबर

    काठमाडौं, पौष २५ । 
    प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचन पछि पहिलो पटक आज वाम एकता संयोजन समितिको बैठक बस्दै छ । बैठक भक्तपुरको बालकोट स्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा अपरान्ह तीन बजे पछि बस्ने वाम गठबन्धनले जनाएको छ । 

    आजको बैठकबाट पार्टी एकीकरणको बारेमा ठोस प्रस्ताव सहित छलफल गर्ने तयारी भएको वाम गठबन्धनका नेताहरुले बताएका छन् । यस अघि हिजो वाम एकता र सत्ता समिकरणका विषयमा नेकपा एमाले र माओवादी केन्द्रले छुट्टा छुट्टै रुपमा छलफल गरेका थिए । 

    आजको बैठकमा विशेष गरि एकताका लागि छुट्टै कार्यदल, एकीकृत पार्टीको सिद्धान्त र संगठनात्मक संरचनाका विषयमा केन्द्रित भएर छलफल गरिने संयोजन समितिका एक सदस्यले जानकारी दिएका छन् । बैठकले पार्टी एकताका लागि सानो आकारको छुट्टै कार्यदल बनाउने बताइएको छ ।

    सो कार्यदलले एकीकृत पार्टीको सिद्धान्त, संगठनात्मक संरचनाको ढाँचा तथा सरकार र पार्टीमा  पदीय भागबण्डाको बारेमा छलफल गर्ने छ । कार्यदलले दिएको सुझावको आधारमा एकताको प्रक्रिया अघि बढ्ने बताइएको छ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast