बुधबार, जेष्ठ १४, २०७७
    राज्य-समाज

    डा गोविन्द केसी सर्वोच्च अदालतमा उपस्थित, माइतीघर मण्डलामा विरोध प्रर्दशन

    प्रर्दशनमा नयाँ शक्ति पार्टी संयोजक डा बाबुराम भट्टराई तथा विवेकशील पार्टीका रविन्द्र मिश्र र सहभागी

    मंगलवार, २५ पौष २०७४, रासस/ (आहा खबर) .
    फाइल फोटो

    काठमाडौँ, २५ पुस :

    वरिष्ठ चिकित्सक डा गोविन्द केसी सर्वोच्च अदालतमा आज विहान उपस्थित भएका छन् । सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्दामा डा केसीलाई पक्राउ गरी बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश गरेको थियो । 

    डा केसीले अदालतमा भ्रष्टाचार भएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार अनशन शुुरु गरेका थिए । अनशन स्थलबाट सोमबार साँझ ८ बजे डा केसीलाई प्रहरीले पक्राउ गरेको थियो । 

    डा गाविन्द केसीकोे पक्राउको विरोधमा मङ्गलबार माइतीघर मण्डलामा आयोजना गरिएको प्रर्दशनमा नयाँ शक्ति पार्टी संयोजक डा बाबुराम भट्टराई तथा विवेकशील पार्टीका रविन्द्र मिश्र र सहभागी भएका थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast