शनिबार, जेष्ठ १७, २०७७
    राज्य-समाज

    वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालबाट पक्राउ

    अवहेलना मुद्दामा केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी

    मंगलवार, २५ पौष २०७४, रासस/ (आहा खबर) .
    सर्वोच्च अदालतको आदेश बमोजिम त्रिवि शिक्षण अस्पतालमा अनशनरत वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई पक्राउ गरी लैजाँदै प्रहरी । तस्वीर :रोशन सापकोटा, रासस

    काठमाडौँ, २५ पुस :

    प्रहरीले अनशनरत वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीलाई पक्राउ गरेको छ । सोमबारदेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औँ अनशन शुरु गरेका  प्रा डा केसीलाई सोमबार बेलुका नै अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिषर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले जानकारी दिए ।

    प्रा डा केसीलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले सोमबार नै अवहेलनाको मुद्दामा प्रा डा केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast