बुधबार, जेष्ठ १४, २०७७
    राज्य-समाज

    निर्वाचन आयोगद्वारा १० हजारभन्दा बढी मतदाताका गुनासो सम्बोधन

    सबैभन्दा बढी मतदाताको नामवालीसम्बन्धीमा चार हजार ५०४ जिज्ञासा सम्बोधन, आयोगद्वारा पहिलोपटक मतदाताका जिज्ञासालाई सम्बोधन गर्नका लागि कलसेन्टरको शुरुवात

    सोमबार, २४ पौष २०७४, रासस/ (आहा खबर) .

    काठमाडौँ, २४ पुस :

    निर्वाचन आयोगले कलसेन्टरमार्फत करिब १० हजार मतदाताको मतदानसम्बन्धी गुनासो सम्बोधन गरेको छ । आयोगले स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाताका १० हजार ४६९ गुनासोलाई कलसेन्टरमार्फत सम्बोधन गरेको आयोगका कम्प्युटर अधिकृत श्रीराम क्षेत्रीले जानकारी गराए । 

    उहाँका अनुसार तीमध्ये सबैभन्दा बढी मतदाताको नामवालीसम्बन्धीमा चार हजार ५०४ जिज्ञासा सम्बोधन गरिएको छ । मतदाता शिक्षासम्बन्धी दुई हजार ५१२, आचारसंहितासम्बन्धी २६९, निर्वाचन मतदान प्रक्रियाबारे २२२, आयोगको वेभसाइटबारे ८९ र सुरक्षाका बारेमा सात तथा अन्य दुई हजार ८६६ जिज्ञासा सम्बोधन गरेको हो । 

    आयोगले पहिलोपटक मतदाताका जिज्ञासालाई सम्बोधन गर्नका लागि कलसेन्टरको शुरुवात् गरिएको थियो । 

    स्थानीय तह निर्वाचनअघि वैशाख १५ देखि मंसिर मसान्तसम्म आयोगले कलसेन्टर सञ्चालन गरेको थियो । बिहान ८ बजे देखि साँझ ८ बजेसम्म छवटा बुथमार्फत आयोगले मतदाताका गुनासोलाई सम्बोधन गरेको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast