सोमबार, असोज ६, २०७६
    स्वाद/परिकार

    यसरी बनाउन सकिन्छ घरमै ‘फ्राइड फिस विथ स्पिनाच’

    खसी, कुखुराको मासु मन नपर्नेका लागि माछाको परिकार स्वादिष्ट

    सोमबार, २४ पौष २०७४, आहाखबर

    काठमाडौं । 
    माछाको परिकार तपाई हामी प्राय सबैलाई मन पर्न सक्छ । खसी, कुखुरा लगायतको मासु मन नपर्नेहरुका लागि माछा अत्यन्तै मन पर्न सक्छ । त्यस्ता मानिसहरुका लागि फ्राइड फिस विथ स्पिनाच एक स्वादिष्ट परिकार बन्न सक्छ । 
     
    उनीहरुले माछाका बिभिन्न परिकार बनाएर स्वाद लिन सक्छन् । फ्राइड फिस विथ स्पिनाच बनाउन सर्वप्रथम यी सामाग्रीहरुको आवश्यकता पर्दछ । 
    आवश्यक सामग्री  
    २ सय ५० ग्राम फिसको पिस
    ४० ग्राम पिठो
    १ चम्चा  बेकिङ पाउडर
    अण्डा
    १ सय देखि १ सय ५० ग्राम सम्म दुध
    २ वटा लेमनको स्लाइस
    हरियो धनिया
    लसुनको तेल
    ओलिभ आयल
     
    सामाग्री जुटाइसकेपछि अब फ्राइड फिस विथ स्पिनाच बनाउन सुरु गर्दा हुन्छ। माछाका पिस वा सिंगै माछालाई कचौरामा राख्नुहोस्। ठुलो कचौरामा नुन, बेकिङ पाउडर र पिठो राख्न पर्दछ। साथै त्यसमा अण्डा र दुध पनि राख्नुहोस्। अब त्यो माछालाई फ्राइङ प्यानमा राख्नुहोस्। साथै यसमा कागती पनि थप्नुहोस्। माथिबाट धनिया राख्ने र हल्का पानि राखेर राम्रो संग पकाउने। 
     
    त्यतीनै बेला लसुनको स्वादमा रहेको तेल तताउने। मन्द आगोमा पकाएको यो तेलमा पालुङको साग राख्ने। अनि यसमा हल्का पानी राखेर पकाउने। यो रामो संग पाकेपछि यसमा रहेको सबै पानी हटाउने। पानी हटाइसकेपछि यसलाई काट्ने। यसमा हल्का रातो खुर्सानीको धुलो छर्कने। 
     
    अब अघि उसिनिएको माछलाई ओलिभ आयलमा फ्राई गर्ने। ८ देखि १० मिनेट फ्राई गरेपछि यो तयार हुन्छ। अब फ्राइड फिस विथ स्पीनाच तयार भयो । तपाई आफ्नो स्वाद अनुसार खान सक्नुहुन्छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast