शनिबार, जेष्ठ १७, २०७७
    राज्य-समाज

    आगलागी पीडित !

    हलेसीका अग्नि पीडितलाई सहयोग गर्ने रक्षामन्त्री प्रधानको आश्वासन

    घटनास्थलबाटै सेनाका उच्च अधिकारीलाई टेलिफोन गरि आवश्यक सहयोगको लागि अपिल

    आईतवार, २३ पौष २०७४, आहाखबर

    खोटाङ, पौष २३ । 
    रक्षामन्त्री भिमसेनदास प्रधानले आइतबार खोटाङको हलेसीमा आगलागीबाट प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । 

    त्रि–धार्मिक एवं पर्यटकीयस्थल हलेसीमा गत पुस १८ गते राति भएको आगलागीमा चार व्यवसायीका पाँच घर जल्दा ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएपछि रक्षामन्त्री निरीक्षणका क्रममा शनिबार साँझ हलेसी गएका हुन् । 

    आइतबार बिहान हलेसीको दर्शन गरेर रक्षामन्त्री प्रधानले प्रभावित क्षेत्र निरीक्षण एवं टहरामा दिन बिताइरहेका पीडितलाई भेटघाट गरेका छन् । 

    पीडितसँगको भेटघाटका क्रममा रक्षामन्त्री प्रधानले क्याबिनेटमा कुरा राखेर आवश्यक सहयोगका लागि निर्णय गराउने आश्वासन दिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । 

    रक्षामन्त्री प्रधानले घट्नास्थलबाटै सेनाका उच्च अधिकारीलाई फोन गरेर आवश्यक सहयोगका लागि आग्रह गरे ।  रक्षामन्त्री प्रधान आगलागी प्रभावित क्षेत्रको निरीक्षणपछि दिक्तेलतर्फ गएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिए । 

    आगलागीमा घरसहित सर्वस्व गुमाएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीश दासलगायतका पीडित अस्थायी टहरामा कष्टपूर्ण दिन बिताइरहेका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast