शनिबार, जेष्ठ १७, २०७७
    राज्य-समाज

    गाउँ विकासको काम

    विकासका लागी भन्दै, एउटा बनाउँदै अर्को भत्काउँदै

    मिठो पानीको जिल्ला ईलाममा बाटो खन्दा पाइपमा क्षति पुगेपछि पानीको हाहाकार

    आईतवार, २३ पौष २०७४, आहाखबर

    इलाम ,पुस २३

    बाटाे खन्दा  खानेपानीको पाइपलाइनमा क्षति पुगेपछि इलाम सदरमुकाममा खानेपानीको आपूर्ती ठप्प भएको छ ।

    जिल्लाको सन्दकपुर गाउँपालिकास्थित गिताङ खोला खानेपानीको मुहान नजिकै स्थानीयले सडक निर्माण गर्ने क्रममा पानीको पाइपमा क्षति पुगेको हो । निर्माणका क्रममा ढुङ्गा खसेर पाइपमा क्षति पुगेपछि पानीको आपूर्ती बन्द हुँदा पानीको हाहाकार भएको हो । मुहानको तीनसय मिटर पाइप क्षतिग्रस्त भएको इलाम नगरपालिकाका सव इन्जिनियर मेघनाथ ढुङ्गानाले जानकारी दिए  । 

    पाइपमा निकै क्षति पुगेकाले पाइप खरिद गर्न, ढुवानी गर्न र मर्मत गर्नको लागि केही दिन लाग्न सक्ने उनले बताए  । सदरमुकामबाट ३१ किलोमिटर टाढा रहेको मुहानको पानी २ हजार ८ सय ४२ धारामा वितरण गरिएको छ । पाइपमा क्षति पुग्दा इलाम नगरपालिका भित्रका करिब ३१ हजार ७ सय २० उपभोक्ता पिउने पानीबाट वञ्चित भएका छन् ।

    सन्दकपुर गाउँपालिकाबाट विनियोजित ५० लाख रुपैयाँको लागतमा सडक निर्माण भईरहेको छ । मुहान नजिकै अहिले देउराली हुँदै जीतपाले गोरुवाले हँुदै सन्दकपुर जोड्ने मोटरबाटो निर्माण भईरहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast