आईतवार, असोज ५, २०७६
    स्कुल-कलेज

    खानेपानीको अभाव !

    विद्यालय आउदा अनिवार्य पानी लिएर आउन विद्यार्थीलाई विद्यालयको निर्देशन

    विगत ११ वर्षदेखि गाउँमा पानीको मूल फूट्न सकेन, पानीका सबै मुहान सुकेपछि विद्यालयमा खानेपानीको अभाव

    मंगलवार, १८ पौष २०७४, आहाखबर

    रामेछाप, पुस १८ ।
    रापेछापको मन्थली नगरपालिका–३, स्थित ठूलीमदौमा रहेको कालिकादेवी आधारभूत विद्यालयले सबै विद्यार्थीलाई विद्यालय आउँदा अनिवार्य खानेपानी लिएर आउन निर्देशन दिएको छ ।

    लामो समयदेखि खानेपानीको अभाव बेहोर्दै आएको त्यस विद्यालयले पानीको अभाव पूरा गर्न नसकेपछि विद्यालयमा अध्ययनरत बालबालिकालाई आफ्नो लागि आवश्यक पर्ने खानेपानी विद्यालय आउँदा अनिवार्य रुपमा लिएर आउन निर्देशन दिएको हो । 

    विद्यालयको निर्देशनपछि विद्यालयमा अध्यनरत विद्यार्थी पानी लिएर विद्यालय आउने गरेको प्रध्यानाध्यापक चन्द्रबहादुर केसीले जानकारी दिनुभयो । विद्यालयमा मात्र नभएर गाउँमा नै पानीको अभाव भएको ठूलीमदौमा अवस्थित उक्त विद्यालय भूकम्पले भत्काएको थियो ।

    भवनसँगै शौचालयको समेत अभाव रहेको त्यस विद्यालयमा पानीको अभावमा भएको शौचालय पनि प्रयोगविहीन भएको छ । जसका कारण पठनपाठनमा समेत समस्या भएको अविभावक मोहनबहादुर थापाले बताउनुभयो ।

    गएको ११ वर्षदेखि पानीको मूल फूट्न नसक्दा गाउँमा परम्परागत रुपमा चल्दै आएका पानीका सबै मुहान सुकेपछि विद्यालयमा खानेपानीको अभाव भएको हो । करिब ७ सय जना विद्यार्थी अध्ययनरत त्यस विद्यालय सदरमुकाम मन्थलीबाट करिब १० किलोमिटर टाढा रहेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast