सोमबार, असोज ६, २०७६
    स्वाद/परिकार

    पिसेको गुन्द्रुकको अचार बनाउने तरिका, जानी राखौं !

    शुक्रबार, १४ पौष २०७४, आहाखबर

    काठमाडौं पौष १४ । 
    अचार भन्ने वित्तिकै तपाई हामी सबैको मुख रसाएर पानी आउछ । अचार विभिन्न खानेकुराका बनाउन सक्छौं । जस्तो कि टमाटरको अचार, आँपको अचार, मुलाको अचार, खुर्सानीको अचार, गुन्द्रुकको अचार लगायतका अचार बनाउन सकिन्छ । 

    हामी यहाँ गुन्द्रुकको अचार बनाउने सजिलो तरिकाबारे जानकारी दिदै छौ । गुन्द्रुकको अचार तपाई हामी सबै आम मानिसलाई मन पर्ने गर्छ । यो अचार बनाउन त्यति गाह्रो पनि छैन । 

    यो प्राय सबैको घरमा सजिल्यै बन्ने अचारको रुपमा परिचित छ । तपाई हामी सबैले आफ्नो करेसाबारीमा साग त लगाएकै हुन्छौ । यदि आफ्नो करेसा बारीमा छैन भने पनि हामी बजारमा गएर किन्न सक्छौ । 

    त्यस सागलाई हल्का आइलिने गरि सुकाएर एउटा बट्टामा खाँदेर राख्ने र त्यसलाई मजाले ढाकिदिने । त्यसलाई हल्का अमिलो बास्ना आउन थालेपछि झिकेर घाममा सुकाउने । यति गरे पछि गुन्द्रुक तयार हुन्छ । 

    अब त्यस गुन्द्रुकलाई स्वादिलो अचार यसरी बनाउन सकिन्छ । गुन्द्रुकको अचार बनाउन तरिका –ः 

    आवश्यक सामग्री 
    गुन्द्रुक ५० ग्राम, तोरीको तेल २०० मि.लि, रातो खुर्सानी २ वटा, टमाटर ५ दाना, लसुन ४ केस्रा, जिराको धुलो आधा चम्चा, देशी सुपको धुलो आधा चम्चा, कागती १ दाना, प्याज एउटा(सानो–सानो टुक्रा पारेर काट्ने), सानो धनियाँ र नुनु आवश्यकता अनुसार । 

    बनाउने तरिका–ः 
    –सर्वप्रथम फ्राइपेनमा तेल तताउने र सफा गरेको गुन्द्रुक फुराउने र फुराएको गुन्द्रुकलाई पिस्ने ।
    –खुर्सानी र टमाटर आगोमा पोलेर लसुन समेत राखेर पिस्ने ।
    –माथिका सबै आवश्यक सामग्री एकै ठाउँ मिक्स गरी कागतीको रस राखे पछि मजाले मोले पछि अचार तयार हुन्छ । त्यस पछि तपाईले अचारको स्वाद लिन सक्नु हुनेछ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast