शुक्रबार, मंसिर २०, २०७६
    घुमघाम

    धनगढी फनपार्क निर्माणको काम अन्तिम चरणमा

    डेढ वर्षदेखि निर्माण कार्य भइरहेको पार्क निर्माणको काम ८० प्रतिशत सम्पन्न

    मंगलवार, ११ पौष २०७४, आहाखबर संवाददाता.

    कैलाली, ११ पुस । 

    धनगढीमा निर्माण भइरहेको धनगढी फन पार्कको निर्माण अन्तिम चरणमा पुगेको छ ।

    १० करोड भन्दा बढीको लगानीमा कैलालीको त्रिनगर भन्सार नजिकै पुरानो भन्सार रोडमा झण्डै अढाइ विगाह क्षेत्रफलमा निर्माण सुरु गरिएको फन पार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

    डेढ वर्षदेखि निर्माण कार्य भइरहेको पार्क निर्माणको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । फन पार्कमा पानीमा रमाउनका लागि आवश्यक पर्ने विभिन्न उपकरणहरुको निर्माण अन्तिम चरणमा पुगेको फन पार्कका सन्चालक श्याम विष्टले बताए ।

    फनपार्कमा स्वीमिङ पुलसहित वेव पुल, किड्स पुल, मल्ट्रील्याण्ड स्लाईड, ट्युवलाईट स्लाईड, पेन्डुलम, म्युजिकल फनटेन, व्रेक डान्स लगायतका सेवाहरु रहने छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast