सोमबार, असोज ६, २०७६
    स्वाद/परिकार

    स्वादिष्ट ‘एग पकौडा’ बनाउने तरिका, यसरी जान्नुहोस् !

    अण्डाको सेवनले शरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पुग्छ

    सोमबार, १० पौष २०७४, आहाखबर

    काठमाडौं । 
    तपाई हामी अधिकांशलाई अण्डा मन पर्न सक्छ । अण्डा स्वास्थ्यवर्धक खानेकुरा हो र यसले मानिसको शरीरलाई स्वस्थ राख्न मद्दत पूराउँछ भन्ने तपाई हामी सबैलाई थाहा छ । 

    विभिन्न खाले पोषक तत्वले भरिपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डारको रुपमा रहेको अण्डाको सेवनले शरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पूराउँछ ।

    अण्डामा भिटामिन ए, फोलेट, भिटामिन बी टू, भिटामिन बी फाइभ, भिटामिन बी १२, फस्फोरस, सेलेनियम, भिटामिन डी, इ, के तथा जिंक लगायतका तत्व पनि पाइन्छन् । 
    अण्डामा मानिसलाई चाहिने सबैजसो पोषक तत्व पाइन्छन् ।

    अण्डाको फाइदा मात्रा नभएर केहि वेफाइदा पनि रहेका छन् । अण्डाको विभिन्न परिकार बनाउन सकिन्छ । यहाँ हामी ‘एग पकौडा’ बनाउने तरिका बारे केहि बताउदै छौं । 

    उसिनेको अण्डा – २ वटा 

    मैदा –३ चम्चा 
    बेसन – ३ चम्चा 
    काँचो अण्डा –एउटा 
    जिरा र खुर्सानीको धूलो – आधा चम्चा 
    अदुवा र लसुनको लेदो – १ चम्चा
    धनियाँको पात (टुक्रा पारिएको) –१ चम्चा 
    नुन –स्वादअनुसार 
    पानी –१ गिलास 
    तेल – फ्राई गर्न पुग्ने 

    बनाउने विधि–ः
    एउटा भाँडोमा उसिनेको अण्डा र तेल बाहेक अन्य सबै सामग्री हालेर मुछ्ने । त्यसपछि उसिनेको अण्डालाई दुई टुक्रा काटेर त्यही लेदोमा बिस्तारै डुवाउने । अण्डा नभाँचिने गरी लेदोलाई त्यसको वरिपरि दल्ने । तातेको तेलमा उक्त अण्डालाई विस्तारै राखेर फ्राई गर्ने । खैरो रंगको भएपछि बाहिर निकाल्ने । यसरी तयार भएको अण्डाको पकौडामा माथिबाट चाट मसला छर्केर खान सकिन्छ । यो निकै नै स्वादिष्ट हुन्छ ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast