बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    तनावग्रस्त कालिकोट

    कालीकोटमा फेरि अनिश्चितकालीन कर्फ्यु, स्थिति झन् अराजक बन्दै

    स्थिति सामान्य नबनेसम्म कर्फ्यु जारी रहने

    आईतवार, ९ पौष २०७४, आहाखबर संवाददाता.

    ९ पुस, कालीकोट ।

    कालिकोटमा पुनः अनिश्चितकालको लागि कर्फ्यु लगाइएको छ ।   विहान २ घण्टाका लागि हटाइएको कर्फ्यु पुन अनिश्चितकालका लागी लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए ।

    प्रहरीको गोली लागेर एक म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा शुक्रबार बेलुकादेखिनै कफ्र्यु लगाइएको हो । प्रजिअ गैह्रेका अनुसार स्थिति सामान्य नबनेसम्म कर्फ्यु जारी रहने छ ।

    घटनाबारे छानविन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव डा मानबहादुर विकको संयोजकत्वमा समिति गठन गरिसकेको छ । मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णयसमेत सरकारले गरिसकेको छ ।

    पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast