आईतवार, मंसिर १, २०७६
    राज्य-समाज

    माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डको ‘इभिनिङ वाक एट नारायणी’ (फोटो फिचर)

    आफ्ना मतदातालाई धन्यवाद दिन स–परिवार गृहजिल्ला चितवनमा, नारायणी किनारमा प्रचण्डले गरे आफ्नो बाल्यकालको स्मरण

    शनिबार, ८ पौष २०७४, आहाखबर

    काठमाडौँ, पुस ८ । 

    नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स–परिवार आफ्नो गृहजिल्ला चितवन पुगेका छन् । चितवन पुगे लगतै प्रचण्ड स–परिवार नै नारायणी किनार आसपासमा सन्धाकालीन यात्रा गर्दैको अवस्थामा भेटिए ।


    गत मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा भारी मतकासाथ विजयी चितवन क्षेत्र नंबर ३ बाट सोही क्षेत्रका प्रभावशाली उम्मेदवार बिक्रम पाण्डेलाई हराउँदै विजयी भएका उनी आफ्ना मतदातालाई धन्यवाद दिन शुक्रबार भरतपुर पुगेका हुन् । सोही क्रममा उनले त्यस आसपासका दृश्यहरु अवलोकन गरेका थिए । 


    चितवन र नवलपरासीको सीमा भएर बग्ने त्यस क्षेत्रकै सबैभन्दा ठूलो नदी नारायणीको किनारमा इभिनिङ वाक गर्दै स–परिवार हिडेका प्रचण्डले आफ्नो बाल्यकालको स्मरण भएको बताए । आफ्नो बाल्यकालका दिनहरुको वयान गर्दै उनले आफूहरु सोही क्षेत्रमा पौडी खेल्ने गरेको समेत खुलाशा गरेका थिए । 


    अध्यक्ष दाहालको जन्म कास्कीमा भएतापनि उनी सानै छँदा उनको परिवार चितवनमा बसाई सरेपछि उनको बाल्यकाल पनि चितवनमै बितेको थियो । पछि उनले त्यहीबाट स्नातक तहको अध्ययन समेत गरे । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast