बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    नेपालले संयुक्त राष्ट्रसंघीय महासभामा अमेरिकाको विपक्षमा भोट हाल्यो

    अमेरिकाका सहयोगी राष्ट्र मानिने फ्रान्स, बेलायत, जर्मनी र जापानले पनि अमेरिकी प्रस्तावको विपक्षमा मतदान, पक्षमा ९ , ३५ राष्ट्र तटस्थ

    शुक्रबार, ७ पौष २०७४, आहाखबर संवाददाता.

    काठमाडौँ, ६ पुस ।

    संयुक्त राष्ट्रसंघीय महासभामा नेपालले जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिकाको प्रस्तावको विपक्षमा मतदान गरेको छ । जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिकाको घोषणा फिर्ता गर्नु पर्ने प्रस्तावका पक्षमा नेपालले मतदान गरेको हो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएका थिए । जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएपछि त्यसको निकै चर्को विरोध भएको थियो ।

    राष्ट्रसंघीय महासभाले अमेरिकालाई सो मान्यता फिर्ता लिन प्रस्ताव गरेको थियो । ट्रम्प आफ्नो प्रस्ताव फेर्दै नफेर्ने भएपछि उक्त प्रस्ताव मतदानले टुंगो लगाएको हो । अमेरिकाका सहयोगी राष्ट्र मानिने फ्रान्स, बेलायत, जर्मनी र जापानले पनि राष्ट्रसंघको प्रस्तावको पक्षमा मतदान गरेका छन्।

    अमेरिकी राष्ट्रपति ट्रम्पले प्रस्तावको पक्षमा मतदान गर्ने राष्ट्रलाई आर्थिक सहायतामा कटौती गरिदिने चेतावनी दिएका थिए । तर उनको चेतावनीले खासै असर गरेन, मतदानको नतिजा उनको विपक्षमा भयो । 

    प्रस्तावको पक्षमा १२८ राष्ट्रले मत हाले भने विपक्षमा ९ राष्ट्र उभिए। क्यानडा, अष्ट्रेलियालगायत ३५ देश मतदानमा सहभागी भएनन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast