बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    सर्वदलीय बैठकबाट राष्ट्रिय सभा सम्बन्धी विवाद समाधान हुन्छ : महरा

    प्रदेश नम्बर ५ को राजधानी दाङ हुनेमा सबै दलका नेताहरु सकारात्मक रहेको प्रतिक्रिया

    शुक्रबार, ७ पौष २०७४, आहाखबर

    काठमाडौं पौष ७ । 
    नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रदेशको राजधानी, प्रदेश प्रमुख चयन र राष्ट्रियसभा गठन सम्बन्धी विवाद एकैपटक समाधान हुने बताउनुभएको छ ।

    दाङका क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वा्चित भएपछि पत्रकारलाई धन्यवाद दिन आज दाङको घोराहीमा आयोजित कार्यक्रममा महराले राष्ट्रिय मान्यता प्राप्त पाँच दलको बैठकमा यी विषयमा छलफल हुने र सहमतिका लागि प्रयास गरिने बताउनु भयो । 

    पार्टी एकता र सरकार गठन सँगसँगै अघि बढाउने र त्यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको महराले दाबी गर्नुभयो । 

    अबको एक हप्तामा नयाँ सरकारको गठनको बाटो खुल्ने महराको दाबी छ । प्रदेश नम्बर ५ को राजधानी दाङ हुनेमा सबै दलका नेताहरु सकारात्मक भएको महराको भनाई छ ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast