बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    एमाले स्थायी समितिको बैठक बामदेव निवासमा जारी, महत्वपूर्ण निर्णय हुँदै

    प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनपछिको पहिलो स्थायी समिति बैठक, विविध विषयमा पार्टीले आफ्नो ठोस धारणा तय गर्ने

    शुक्रबार, ७ पौष २०७४, आहाखबर
    फाइल तस्वीर

    काठमाडौं, पुस ७ ।

    बरिष्ठ उपाध्यक्ष वामदेव गौतमको निवास, भैंसेपाटीमा नेकपा एमालेको स्थायी समितिको बैठक जारी छ । आज १ बजे सुरु भएको सो बैठकले पार्टी एकता, निर्वाचनको समीक्षा र सरकार गठनका विषयमा ठोस धारणा तय गर्ने बताइएको छ । 

    यसअघि एमाले उपाध्यक्ष गौतले बर्दिया–१ मा प्रतिनीधिसभा चुनावमा हार व्योरेका थिए । पार्टीभित्र अन्तर्घात भएको भन्दै एमालेले छानविनका लागि समिति समेत बनाइसकेको छ । यस्तो अवस्थामा अहिले गौतम निवासमा स्थायी समिति वैठक बसेको हो । 

    अहिले बसिरहेको एमाले बैठक प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनपछिको पहिलो हो । यसअघि एमाले प्रचारविभाग सचिव बिष्णु रिजालले बैठकमा समसामयिक र महत्वपुर्ण विषयमा छलफल हुने बताएका थिए । त्यस्तै, आजैको यस बैठकपछि एमाले माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी समेत भएको छ भने आजको बैठकबाटै एकताको प्रकृया सुरु हुने पनि बताइएको छ । 


    एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष केपी ओली, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम छन् भने माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायाकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast