आईतवार, मंसिर १, २०७६
    राज्य-समाज

    भारतीय प्रम मोदीद्वारा एकैदिनमा नेपालका 'शीर्ष तीन' नेतालाई टेलिफोन

    शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गरेको भन्दै बधाई ज्ञापन, आगामी दिनमा नेपाल–भारत सम्बन्ध अझ प्रगाढ हुने विश्वास

    शुक्रबार, ७ पौष २०७४, आहाखबर

    काठमाडौं, पुस ७ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका शीर्ष तीन नेताहरुसँग टेलिफोन वार्ता गरेको बुझिएको छ । यसबाट नेपालमा विकसित पछिल्लो राजनीतिक राजनीतिक अवस्थाका बारेमा दक्षिणमा रहेको पुरानो छिमेकी देश भारतको अत्यन्तै चासो रहेको समेत प्रष्ट भएको छ । 

    टेलिफोन मार्फत भएको संवादका क्रममा भारतीय प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल–भारतको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ रहने विश्वास दिलाएका थिए । जवाफमा ओलीले खासगरी भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने बताउँदै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिनुका साथै सरकार गठन लगत्तै औपचारिक निमन्त्रणा पत्र पठाइने बताएका थिए ।  

    साथै, अध्यक्ष ओलीलाई मोदीले भावी प्रधानमन्त्रीकोरुपमा हेर्दै भारत भ्रमणको निम्तो समेत दिएको पनि बुझिएको छ । त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीले बिहीबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि टेलिफोनमा कुराकानी गरेका थिए ।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले बिहीवार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा शीर्ष नेताहरुबीच टेलिफोन वार्ता भएको जानकारी दिएको वताइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast