बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    दुई वटा हेलिकप्टर किन्न भन्दै नेपाली सेनाले माग्यो साढे ३ अर्ब

    सेनाले दुई एमआई–१७ भी–५ हेलिकप्टरको खरिद प्रक्रिया अघि बढायो, यसअघि नै रक्षा मन्त्रालयमा प्रस्ताव

    शुक्रबार, ७ पौष २०७४, आहाखबर

    काठमाडौं, पुस ७ । 

    नेपाली सेनाले दुई वटा हेलिकप्टर किन्न भन्दै सरकारसँग साढे ३ अर्ब माग गरेको छ । यसबीचमा सेनाले दुई एमआई–१७ भी–५ हेलिकप्टर खरिद प्रक्रिया समेत अघि बढाइसकेको छ । हेलिकप्टर खरिद गर्न भन्दै सेनाले यसअघि नै रक्षा मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ ।

    अर्थ मन्त्रालयले एउटा हेलिकप्टर र दुईवटा जहाज खरिद गर्न नेपाली सेनालाई रकम निकासा गरेको १ महिना पनि बित्न नपाउँदै सेनाले फेरि हेलिकप्टर खरिद गर्न रक्षा मन्त्रालयमा प्रस्ताव पठाएको हो ।

    दुईवटा जहाज खरिद गर्न भन्दै बजेटमार्फत नै कुल ३७ करोड रुपैयाँ छुट्याएको सरकारले गत भदौ २३ गते नेपाली सेनालाई थप ८ करोड ५६ लाख ३८ हजार ९ सय ९५ रुपैयाँ दिने निर्णय गरेको थियो । त्यस्तै, गत असोज १८ गते अर्थ मन्त्रालयले ‘लाइट हेलिकप्टर’ खरिद गर्न सेनालाई ४१ करोड ८० लाख रुपैयाँ रकमान्तर निकासा गरेको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast