बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    रन्जु-शाक्य भेटवार्ता

    काठमाडौं महानगरपालिकाका मेयरलाई ‘रञ्जु दर्शना’को यस्तो चिठी...

    ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक महत्व भएको ‘न्हु पुखु’ अर्थात रानी पोखरी पुननिर्माण सम्बन्धमा जानकारी माग

    बिहिवार, ६ पौष २०७४, आहाखबर

    काठमाडौं, पुस ६ । 

    केही समयअघि सम्पन्न स्थानीय निकायको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएर चर्चा बटुलेकी तत्कालीन विवेकशील पार्टीकी २१ वर्षीय रञ्जु दर्शनाले काठमाडौं महानगरपालिकाको मेयर विद्या सुन्दर शाक्यलाई चिठी लेखेकी छिन् । 

    हाल विवेकशीलसाझा पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी रञ्जुले काठमाडौंको बीच भागमा रहेको रानीपोखरी निर्माणका सम्बन्धमा भइरहेका काम कारबाहीबारे जानकारी माग गर्दे मेयर विद्या सुन्दर शाक्यलाई चिठी लेखेकी हुन् । 

    उनले २०७२ को भूकम्पबाट क्षति भएको ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्व भएको न्हु पुखु अर्थात रानी पोखरी पुननिर्माण सम्बन्धमा जानकारी माग गरेकी हुन् । 

    आफ्नो पत्रमा रञ्जुले ऐतिहासिक रानीपोखरी पुर्ननिर्माणको विस्तृत परियोजना रिपोर्ट, त्यसको योजना, समयावधि, सीमा तथा पोखरी क्षेत्रमा बन्न लागेका अन्य संरचनाहरुबारे जानकारी माग गरेकी छिन् । गत पुस ३ गते लेखिएको उक्त पत्रमार्फत सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ बमोजिम सबै जानकारीको माग गरिएको छ । 

    फाइल फोटो

    यसैबीच, रञ्जुले महानगरका वर्तमान मेयर विद्यासुन्दर शाक्यलाई भेट गरेकी छिन् । आफूहरुबीचको भेटमा रञ्जुले रानीपोखरीको आसपासमा कफी शप नराख्न आग्रह समेत गरेकी थिइन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast