आईतवार, मंसिर १, २०७६
    राज्य-समाज

    प्रदेश नं ६ र प्रदेश नं २ मा बहुआयामिक गरिबीको दर उच्च

    ६ र २ नं प्रदेशका नागरिक इन्धन, सरसफाइ, बिजुली, शिक्षा एवं स्वास्थ्य जस्ता आधारभूत आवश्यकताबाट वञ्चित

    बिहिवार, ६ पौष २०७४, आहाखबर

    काठमाडौं, पुस ६ ।
    देशभर सयमा झण्डै २९ नागरिक बहुआयामिक रूपमा गरिब रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई) सम्बन्धी प्रतिवेदनमा २८ दशमलव ६ प्रतिशत नेपाली गरिब रहेको उल्लेख छ । 

    प्रतिवेदन स्वास्थ्य, शिक्षा र जीवनस्तर तीन आयामका कुपोषण, न्यून शिक्षा, बिजुली, खानेपानी तथा पर्याप्त सरसफाइजस्ता एमपिआईले अनुसरण गरेका १० वटा सूचकमा आधारित छ ।

    प्रतिवेदनले प्रदेश नं ६ र प्रदेश नं २ मा बहुआयामिक गरिबी दर उच्च रहेको देखाएको छ । त्यहाँका झण्डै आधा जनसंख्या गरिबीको रेखामा छ । प्रतिवेदन अनुसार त्यहाँका नागरिक खाना पकाउने इन्धन, सरसफाइ, बिजुली, शिक्षा एवम् स्वास्थ्य जस्ता आधारभूत आवश्यकताबाट वञ्चित छन् । 

    प्रदेश नं ६ र प्रदेश नं २ का नागरिक खाना पकाउने इन्धन, सरसफाइ, बिजुली, शिक्षा एवम् स्वास्थ्य जस्ता आधारभूत आवश्यकताबाट वञ्चित छन् । प्रतिवेदनले प्रदेश नं. २ मा ४८ प्रतिशत र प्रदेश नं. ६ मा ५१ प्रतिशत नागरिक गरिक रहेको देखाएको छ ।प्रतिवेदनअनुसार प्रदेश नं ५ र ७ मा गरिबीको दर ३० प्रतिशत तथा प्रदेश नं ३, १ र ४ मा १५ प्रतिशत हाराहारीमा रहेको उल्लेख छ । 

    प्रतिवेदनले प्रदेश नं. २ मा ४८ प्रतिशत र प्रदेश नं. ६ मा ५१ प्रतिशत नागरिक गरिक रहेको देखाएको छ ।प्रतिवेदनअनुसार प्रदेश नं ५ र ७ मा गरिबीको दर ३० प्रतिशत तथा प्रदेश नं ३, १ र ४ मा १५ प्रतिशत हाराहारीमा रहेको उल्लेख छ । 

    बहुआयामिक गरिबी सूचकांकले नौ वर्षसम्म उमेर समूहका बालबालिका सबैभन्दा गरिब समूहका भएको  देखाएको छ । प्रतिवेदनमा  ४१.६ प्रतिशत बालबालिका बहुआयामिक गरिबीमा रहेको पनि उल्लेख छ  ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast