मंगलवार, मंसिर ३, २०७६
    राज्य-समाज

    कसको भागमा कति ?

    चुनावमा सहभागी दलले पाउने 'समानुपातिक' सिटको आजै घोषणा हुँदै

    बुधबार साँझ नै सबै मतपरिणामलाई पुनः परीक्षण गर्ने कार्य पूरा, त्यसको प्रतिवेदन बिहीबार नै आयोगमा पेस गर्ने तयारी

    बिहिवार, ६ पौष २०७४, आहाखबर

    काठमाडौं, पुस ६ । 

    निर्वाचन आयोगले गत मंसिर १० र २१ गते सम्पन्न निर्वाचनको मतपरिणाम अनुशार प्रदेशसभातर्फ र समानुपातिक प्रणालीतर्फबाट गरी जम्मा २ सय २० स्थानमा दलहरूले प्राप्त गरेको सिट सँख्या घोषणा गर्ने भएको छ । आयोगले बिहीबार नै त्यसको घोषणा गर्ने तयारी गरेको हो । निर्वाचन आयोगका अनुसार सातै प्रदेशबाट राजनीतिक दलहरूले प्राप्त गरेको सिट संख्यालाई आज नै सार्वजनिक गरिने छ । 

    निर्वाचन आयोग अन्र्तगत रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले बुधबार साँझ नै सबै मतपरिणामलाई पुनः परीक्षण गर्ने कार्य पूरा गरेको थियो । साथै, त्यसको प्रतिवेदन बिहीबार नै आयोगमा पेस गर्ने तयारी रहेको बुझिएको छ । 

    स्मरण रहोस्, प्रदेश १ मा जम्मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी जम्मा २ सय २० स्थानका लागि गत मंसिर १० र २१ मा समानुपातिकतर्फ मतदान भएको थियो । प्रत्यक्षतर्फको मत परिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ ।


    समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको एक दशमलव पाँच प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने प्रावधान छ । त्यस्तै, दलहरूले प्राप्त गरेको कुल सदर मत गणना गर्दा एक दशमलब पाँच प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको कुल मतमा गणना नहुने आयोगले स्पष्ट पारेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast