बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    कीर्ते मुद्दामा पूर्व डीआईजी सिलवालमाथि प्रहरीले अनुसन्धान थाल्यो

    महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता

    बुधबार, ५ पौष २०७४, आहाखबर

    काठमाडौं, ५ पुस । 
    प्रहरीले पूर्वडीआईजी एवं ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालमाथि कीर्ते मुद्दामा अनुसन्धान सुुरु गरेको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेरी दर्ता गरेको हो । परिसर प्रमुख एसएसपी रविन्द्र धानुकले जाहेरी दर्ता भएको पुष्टि गर्दै भने, ‘अनुसन्धान सुुरु भएको छ ।’ तत्कालीन सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा गएका थिए ।

    तर, सर्वोच्चको पूर्ण इजलासले उनको मागदाबी अस्वीकार मात्र गरेन, सिलवालले बुझाएको र लोकसेवाबाट प्राप्त कार्यसम्पादन मूल्यांकनमा फरक–फरक अंक देखिएको भन्दै यसमा संलग्नमाथि छानविन गरी कारबाही गर्न भनेको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast