मंगलवार, मंसिर ३, २०७६
    राज्य-समाज

    राष्ट्रियसभा अध्यादेशमा दलहरुबीच अझै विवाद, सहमतिका लागि ठोस पहल भएन

    एकल संक्रमणीय कि बहुमतीय प्रणाली भन्ने विवाद कायमै, वामगठबन्धन राष्ट्रिपतिसँग छलफलमा

    बुधबार, ५ पौष २०७४, आहाखबर

    काठमाडौं पौष ५ । 
    राष्ट्रियसभा  सदस्य निर्वाचन सम्वन्धी अध्यादेशमा विवाद  बढिरहँदा दलीय सहमतिका लागि ठोस पहल भने हुन सकेको छैन । 

    सत्तारुढ दल नेपाली काँग्रेसले एकल संक्रमणीयका आधारमा ल्याएको अध्यादेश जस्ताको तस्तै प्रमाणीकरण हुनुपर्ने अडान राखेको छ भने संसदको सबैभन्दा ठूलो दल बनेको एमालेले बहुमतीय प्रणाली हुनुपर्ने बताउँदै आएको  छ । 

    यसले गर्दा प्रदेश र प्रतिनिधिसभा निर्वाचन मतपरिणाम आएसँगै केन्द्रीय र प्रदेश सरकार गठन लगायत निर्वाचनसँग सम्बन्धित थुप्रै काम रोकिएका छन् । निर्वाचन सकिएको ३० दिन भित्र संघीय संसदको बैठक बस्नुपर्ने संवैधानिक प्रावधान छ । 

    तर समानुपातिक तर्फको अन्तिम नतिजामा समेत भइरहेको ढिलाईले झनै अन्यौलता थपिदिएको छ । एकल संक्रमणीय हुनुपर्ने कंग्रेसको अडान र बहुमतियका लागि बामगठवन्धनको दवावका कारण राष्ट्रपति कार्यलय समेत विवादमा तानिएको छ । 

    अध्यादेश प्रमाणीकरण नगर्न एमालेले राष्ट्रपतिलाई दबाव दिएको भन्दै प्रधानमन्त्री शेर वहादुर देउवाले पदबाट राजिनामा नदिने बताउनुभएको छ । 

    उता राष्ट्रपति विद्यादेवी भण्डारीले दलीय सहमति नभएसम्म अध्यादेश प्रमाणीकरण नगर्ने संकेत गरिसक्नुभएको छ । अध्यादेशमा मुलुकको राजनीति अड्किँदा सहमतिका लागि ठोस पहल हुन सकेको छैन । 

    यसैबीच वाम गठवन्धनका दुई शिर्ष नेता राष्ट्रिय सभा अध्यादेशका विषयमा जारी विवाद समाधान गर्ने पहल स्वरुप राष्ट्रपति भवन शितल निवास पुगेको छन् । 

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अध्यादेशका बारेमा राजनीतिक समाधान खोज्न राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष छलफल गर्ने शीतल निवास पुग्नु भएको हो । 
    अध्यादेशका बारेमा राष्ट्रपति भण्डारी र वाम गठबन्धनका दुइ शीर्ष नेताबीच छलफल जारी रहेको बताइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast