आईतवार, मंसिर १, २०७६
    राज्य-समाज

    प्रक्रिया पुर्याएर सत्ता हस्तान्तरण गर्न कांग्रेस आतुर : सिंह

    कंग्रेसलाई असहज बनाउने उद्देश्यले एमाललेले राष्ट्रपतिलाई अध्यादेश रोक्न लगाएको टिप्पणी

    बुधबार, ५ पौष २०७४, आहाखबर

    काठमाडौं, पुस ५ । 
    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको प्रक्रिया पुर्याएर सत्ता हस्तान्तरण गर्न कांग्रेस आतुर रहेको बताएका छन् । 

    उनले कांग्रेसलाई अफ्ठ्यारो बनाउने बहानामा नेकपा एमालेले राष्ट्रपतिलाई राष्ट्रिय सभा अध्यादेश रोक्न लगाएको टिप्पणी गरे । 

    राष्ट्रिय सभाको अध्यादेश निर्वाचन अगाडि लगेको र त्यसलाई राष्ट्रपतिले जारी गरे लगतै निकास निस्कने जिकिर उनको जिकीर थियो । 

    सरकारमा विनाविभागीय मन्त्री बनेर बसेका दलका नेताहरूले नै कांग्रेसलाई नैतिकताको पाठ सिकाएकोमा नेता सिंहले आपति जनाए । 
    सत्ताको नेतृत्व गर्नेहरूले राजनीतिक र संवैधानिक संस्कारलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast