मंगलवार, मंसिर ३, २०७६
    राज्य-समाज

    दलीय सहमति नजुटेसम्म राष्ट्रपतिले राष्ट्रिय सभा अध्यादेश प्रमाणीकरण नगर्ने

    पार्टीको निरीह स्वार्थ पुरा गर्ने उद्देश्यले अध्यादेश आएको राष्ट्रपतिको ठम्याइ

    मंगलवार, ४ पौष २०७४, आहाखबर

    काठमाडौं पौष ४ । 
    राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशमा दलीय सहमति नभएसम्म राष्ट्रपति कार्यालयले प्रमाणीकरण नगर्ने भएको छ ।  पछिल्लो सयम चर्चा रहेको सो अध्यादेशलाई लिएर नेपाली कंग्रेस र एमालेवीच विवाद बढीरहेका बेला राष्ट्रपति कार्यालय पनि विवादमा तानिएको हो । 

    अध्यादेशमा दलीय सहमति नजुटे सम्म राष्ट्रपति विद्यादेवी भण्डारी प्रमाणीकरण गर्ने पक्षमा नरहेको श्रोतले बताएको छ । पार्टीको नीहित स्वार्थ पुरा गर्ने उद्देश्यले अध्यादेश आएको राष्ट्रपतिको ठम्याई छ ।  

    प्रधानमन्त्री शेरवहादुर देउवाले अध्यादेश प्रमाणीकरण नभएसम्म पदबाट राजिनामा नदिने बताईरहेका वेला राष्ट्रपतिले पनि दलीय सहमति नभए सम्म अध्यादेश प्रमाणिकरण नगर्ने संकेत गरेपछि राजनीतिक अन्यौलता चुलिएको छ । 

    यद्यपी दलीय सहमतिका लागि राष्ट्रपति भण्डारीबाट पहल भईहेको श्रोतको भनाई छ । मुलुकको राजनीति अध्यादेशमा अल्झिदा निर्वाचन आयोगका कामहरु पनि प्रभावित भएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast