बुधबार, कार्तिक ६, २०७६
    जाेक-sms

    चुटकिला

    भुइँ अझै चिसै छ

    सोमबार, ३ पौष २०७४, आहाखबर

    एक घरमा श्रीमतीले श्रीमान कुटेको भन्ने खबर पाएपछि प्रहरीको टोली श्रीमतीलाई पक्राउ गर्न भनेर गएछ । 

    उक्त घरमा पुगेपछि इन्स्पेक्टरले हवलदारलाई उक्त महिलालाई नियन्त्रणमा लिएर बाहिर ल्याउने आदेश दिएछ । हवलदार भित्र गएको निकै लामो समय भइसक्दा पनि बाहिर ननिस्केपछि इन्स्पेक्टर आफैं भित्र पसेछ । ऊ महिला भएको कोठामा जान लाग्दा हवलदारलाई ढोकामा उभिएको देखेछ । उसले हवलदारलाई गाली गरेछ । अनि हवालादाराले भनेछ, "सर महिला भुइँ पुछ्दै रहिछिन् अनि श्रीमान भर्खर पुछेको चिसो भुइँबाट हिँडेछन्, अनि पो श्रीमानलाई पिटेकी रहिछिन् त ।" 

    इन्स्पेक्टरले गालि गर्दै सोधेछ,"अनि किन न पक्रिएको त ?"
    हवलदारले भनेछ," सर भुइँ अझै चिसै छ के ।" 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast