सोमबार, कार्तिक ४, २०७६
    स्कुल-कलेज

    परीक्षा रद्द गर्न माग गर्दै पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड

    विद्यार्थीको आन्दोलन बारे बुधबार नै उपकुलपति र डीनलाई जानकारी गराइसकेको क्याम्पस प्रमुखको भनाई

    बिहिवार, २८ मंसिर २०७४, आहाखबर

    विराटनगर, मंसिर २८ । 
    परीक्षा रद्द गर्न माग गर्दै विद्यार्थीहरुले बिहीबार मोरङ, गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा तोडफोड गरेका छन् ।
    विद्यार्थीले जीपी कोइराला कलेज अफ कृषि संकायको कार्यालयमा तोडफोड गरेका हुन् । आन्दोलित विद्यार्थीले कार्यालयको झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस प्रमुख अजयकुमार शाहको कुर्सीसमेत जलाएका छन् ।
    विश्वविद्यालयले लिएको एग्रो मेट्रोलोजी एन्ड क्लाइमेट चेन्ज विषयको परीक्षाको प्रश्नपत्र आउट गरिएको भन्दै पुनः परीक्षाको माग गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।
    पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँमा उनीहरु अध्ययनरत् थिए । यस विषयमा ४७ विद्यार्थी अध्यायनरत् छन् ।
    क्याम्पस प्रमुख अजयकुमार शाहले विद्यार्थीको आन्दोलनकाबारेमा आफूले बुधबार नै उपकुलपति र डीनलाई जानकारी गराइसकेको जानकारी दिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast