सोमबार, असोज ६, २०७६
    स्वाद/परिकार

    अमेरिका जाने सपनाले जुराएको 'मानबहादुर' को कफी यात्रा..

    कफीसंगै बिउँझने र कफीको अन्तिम कपसंगै निदाउने श्रेष्ठलाई 'कफी' ले नै जीवनको तिक्ततामा पनि 'मिठास' भर्न सिकायो !

    आईतवार, २४ मंसिर २०७४, सागर चन्द .

    मंसिर २४, काठमाडौँ ।

    “कफी मेरो रगतमै बग्न थालिसक्यो ।”जीवनका २ दशक कफीको तितो झोलमा मिठास भर्न बिताईसकेका मानबहादुर श्रेष्ठ यस्तै भन्छन् । अझै पनि उनि कफीको तितो झोलमा मिठास भर्नमै व्यस्त रहन्छन् । बानेश्वर थापागाउँमा रहेको उनको कफी शपमा पुग्दा उनि कहिले कफी बनाईरहेका कहिले भुई पुछिरहेका त कहिले  एस्प्रेसोको चुस्कि लगाईरहेका भेटिन्छन् । कहिले बिहानै कफी शपमा जाने मौका जुर्‍यो भने बरिस्ता तालिम लिन आएका विद्यार्थीका प्रश्नको जवाफ दिइरहेको भेटिन्छन् । 

    विक्रमादिको २०३२ सालमा मोरङमा जन्मेका श्रेष्ठ कफीसंगै बिउझन्छन र कफीको अन्तिम कप संगै निदाउँछन् । कफीले नै जीवनको तिक्ततामा मिठास भर्न सिकाएको ठान्छन् श्रेष्ठ । कफीलाई सुन्दर र मोहक बनाउन कफीमा आर्ट भर्ने  गरिन्छ, त्यसरी नै कफीले उनको जीवनलाई कलात्मक बनाएको उनि स्विकार्छन् ।

    मोरङका स्थायी बासिन्दा श्रेष्ठले कलेज अध्ययन गर्दा-गर्दै प्रेम विवाह गरे । २०४९ सालमा एसएलसी पास गरेका श्रेष्ठ २०५१ सालमै विवाह बन्धनमा जोडिए ।

    आजभोली राजधानिम पाईलैपिच्छे कफी शप भेटिन्छन् । यी मध्ये धेरै कफी शपमा  श्रेष्ठले बारिस्ता तालिम दिएका शिष्यहरु भेटिन सक्छन् । १७ बर्षकै उमेरमा विवाह गरेका श्रेष्ठ टन्न पैसा कमाउने र विलासी जीवन बाँच्ने रहरको पोको बाकेर सन् १९९८मा काठमाडौँ छिरे । काठमाडौँ प्रवेश गर्दा उनले लोकसेवा पढेर सरकारी जागिर खाने विकल्प पनि आफुसंगै बोकेका थिए । तर काठमाडौँले उनको रहरको पोको धान्न सकेन सायद । विलासी जीवन बिताउने श्रेष्ठको सपना कफीका कपहरुमा कतै ठोक्कियो र टुक्रियो ?

    बाल्यकालमै मोरङमा उनका परिचित थिए, त्यतिबेलाका चल्तिका नायक शिव श्रेष्ठ । राजधानिमा उनैको संगतमा लागे केही समय । नायक श्रेष्ठकै संगतमा सन् १९९९मा हिमालयन जाभा छिरे । जाभा त्यतिखेरको एक मात्रै कफी शप थियो, विदेशीहरुको भिड लाग्ने ।

    नायक श्रेष्ठले ‘खैरेहरुसंग बात मार्न पाईन्छ, उनिहरुको संगतमा रह्यो भने अमेरिका पनि जान पाईन्छ’ भन्ने सपना देखाए । त्यही सपनाको पंख समाउँदै करिब ६ वर्ष जाभामा बिताए उनले ।

    हिमालयन जाभाको जागिरले उनलाई अमेरिका युरोप त पुर्‍याएन तर कफीसंग भने नछुट्ने साईनो जोडिदियो । ६ वर्षको जाभा बसाईमा उनले कफी बनाए, कफी रोष्ट गरे र आफै सर्भ पनि गरे । जाभाका सुरुवाती दिन सम्झिदै उनि नोष्टाल्जीयाको सागरमा तैरिन्छन् । “त्यतिखेर अहिलेको जस्तो धेरै मान्छे हुँदैन थिए, कफी बनाउने, रोष्ट गर्ने र ग्राहकलाई सर्भ गर्ने सबै काम आफैले गर्नुपर्थ्यो । अनि कफी बनाउने मेसिन पनि आजको जस्तो सजिलो काँ थ्यो र ।” उनि थप्छन् । “जाभाका ६ वर्ष जीवनको महत्वपूर्ण संर्घष र सिकाईका वर्षहरु थिए । २२ सय रुपैयाँ तलबले जसोतसो काठमाडौँमा बसियो ।”

    सुरुवाती कालमा दिनको १० घण्टा भन्दा धेरै काम गरे उनले जाभामा । कफीको सबै बाह्खरी उनले जाभामै सिकेका हुन् । ६ वर्ष जाभामा काम गर्दा उनले नेपालका धेरै नायक, नायीका तथा राजनीतिज्ञहरुलाई आफ्नै हातले बनाएको कफी पिलाएका छन् । उनि आज पनि लेखक तथा प्राध्यापक अभि सुवेदीलाई सम्झीरहन्छन् । उनका नियमित ग्राहक मध्ये सुवेदी पनि एक थिए । त्यतिखेर जाभा नेपालकै स्तरिय कफी शप थियो । जाभामा काम गर्छु भन्दा पनि मान्छे ठूलै ठान्थे ।

    राजधानी अवसरको बदलामा अभाव पनि संगसंगै दिने गर्छ । यही अभावको चपेटामा उनको सरकारी जागिरको मोह पुर्ति भयो वि.स २०५८ सालको जनगणनामा खटिएर । देशमा गृहयुद्ध चरम अवस्थामा पुगेको समयमा उनी सुदुर पश्चिमका पहाडी जिल्लाको जनगणनामा व्यस्त थिए । यता राजधानिमा उनकी श्रीमती उनि आउने दिन गन्दै थिईन् । करारको सरकारी जागिरले उनकी प्रिय श्रीमतीलाई निःशुल्क चिन्ता दिन थाल्यो । सरकारी जागिर छाडे ।

    यही बिचमा उनले मोरङबाट श्रीमतीलाई काठमाडौँ बोलाए । दुई सन्तानका पिता  भईसकेका थिए श्रेष्ठ । राजधानिको बसाई खर्चिलो बन्दै गईरहेको थियो  । उत्तरदायीत्वको भार पनि बढेको थियो । परिवार र सन्तानको खर्च व्यवस्थापन गर्नको लागि उपाय खोज्दै जाँदा उनी किराना पसलसम्म पुगे । खर्चको भार कम गर्न खोलेको किराना पसलले उल्टै खर्च बढायो । त्यसपछि किराना पसल बन्द गर्नु पर्‍यो ।

    राजधानी अवसरको बदलामा अभाव पनि संगसंगै दिने गर्छ । यही अभावको चपेटामा उनको सरकारी जागिरको मोह पुर्ति भयो वि.स २०५८ सालको जनगणनामा खटिएर । देशमा गृहयुद्ध चरम अवस्थामा पुगेको समयमा उनी सुदुर पश्चिमका पहाडी जिल्लाको जनगणनामा व्यस्त थिए । यता राजधानिमा उनकी श्रीमती उनि आउने दिन गन्दै थिईन् । करारको सरकारी जागिरले उनकी प्रिय श्रीमतीलाई निःशुल्क चिन्ता दिन थाल्यो । सरकारी जागिर छाडे ।

    त्यसपछि फेरी कफीको तिख्खर बास्नासंग जुध्न गए उनि । जाभाको जागरि छाडेर उनले ठमेल र दरबार मार्गका बर्गर पसलहरुमा बारिस्ता तालिम दिन थाले । बर्गर पसलहरुमा पनि कफी बेच्ने परम्पराको थालनी नेपालमा गरे । त्यतिखेर अन्य ठाउँमा कफी बेच्ने चलन थिएन । त्यसैकारण कफी बेच्दा पनि हिमालयन जाभाको जस्तै कफी भनेर विज्ञापन गर्नुपरेको अनुभव छ श्रेष्ठसंग “धेरै ठाउँमा कफी  नै हुदैन थियो भए पनि धुलो कफी हुन्थ्यो, त्यै भएर बिन्स कफी बेच्दा हिमालयन जाभाको जस्तै कफी भनेर बेच्नु पर्थ्यो  ।”

    राजधानिका धेरै कफी पसलहरुमा उनले आफ्नो आयुको केही हिस्सा खर्च गरेका छन् । जमल, दरबार मार्ग र ठमेलका धेरै क्याफेलाई उनले धुलो कफीबाट बिन्स कफीमा स्तरोन्नती गरेका छन् । क्याफे र रेष्टुरेण्ट चाहार्दै बारिस्ता तालिम दिनुभन्दा आफै बरिस्ता तालिम सेन्टर खोल्न उपयुक्त ठाने उनले । आफ्नै साथिहरुसंग मिलेर ठमेलको होटल मनागंमा यती कफी बारिस्ता तालिम केन्द्र संञ्चालन गरे । केही बर्ष यही तालिम केन्द्र र अन्य कफी शपमा बिताए ।

    जापनीज कम्पनी क्याफे काल्दी नेपाल आउने भएपछि उनि आफ्नो तालिम केन्द्र छाडेर काल्दीको काममा लागे । क्याफे काल्दीमा कफी मेशिन स्थापना देखि बारिस्ता तालिम सम्म प्रदान गरे उनले । यहि अवधिमा मण्डिखाटारको गेट कलेका लागि उनि सहितका अन्य केही साथीहरु मिलेर बरिस्ता अध्ययनको पाठ्यक्रम पनि निर्माण गरे । यो बरिस्ता सम्बन्धी नेपालको पहिलो पाठ्यक्रम थियो । यहि पाठ्यक्रमलाई आजभोली प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद(सिटिईभिटि)ले अनुमोदन पनि गरेको छ । काल्दीको व्यवस्थापकको रुपमा उनले २ बर्ष काम गरे । काल्दीमा काम गर्दा गर्दै उनि कफी सम्बन्धी विषेश तालिमका लागि जापान र थाइल्याण्ड पनि पुगे ।

    श्रेष्ठले सन् १९९९ देखि २०१२ सम्म उनले सधैँ अरुको ब्राण्डमा जागिर गरे । अरुको छातामुनी रहेर उनले कफी बनाए । अब उनि आफै व्यवसायी बन्न चाहान्थे । यहि चाहानाले उनले काल्दीको आर्कषक जागिर त्यागे सन् २०१२ मा ।

    समय आफ्नै गतिमा दौडिरह्यो । श्रेष्ठ पनि के कम समयको रफ्तार पक्रिने ध्याउन्नमा समयलाई पच्छ्याईरहे । बाजेको सेकुवामा आउटलेट क्याफे संञ्चालन गर्ने अफर आयो  । भएभरको पैसा त उनले यस अघिका आउटलेटमा डुबिसकेको थियो । उनले एक अवसर गुमाए । त्यसपछि कोरियन कम्पनीले बाजेको सेकुवामा कफी शप संञ्चालन गर्ने भयो उनि त्यही योजनामा सामेल भए । यी सबै उनका लागि समयको बर्बादि मात्रै थिए ।

    सन् २००९मा कोस्टा कफीले आयोजना गरेको साउथ एसियन बरिस्ता च्याम्पीयनसिपमा उत्कृष्ट बारिस्ताको उपाधि जितेका श्रेष्ठले त्यसपछि राजधानिका विभिन्न होटलहरुमा आउटलेट क्याफे खोल्ने प्रस्ताव लगे । कतिपयले प्रस्ताव स्वीकृत गरे त कतिले नकारे पनि । क्याफे खोलेका होटलहरुसंगको हिसाब किताबमा देखिएको अप्ठेरोले उनलाई ठूलो घाटा भयो । भएको जागिर त्यागेर आफै व्यवसायी बन्न दोडिएका श्रेष्ठको पहिलो कदममै घाटाको ठेस लाग्यो । तर उनि भने अहिल्यै हारिहाल्ने मुडमा भने थिएनन् । उनलाई जित्नु थियो आफैसंग लडिएको यो युद्ध । सधै अरुको लागि खटिने श्रेष्ठ जीवनमा पहिलोपल्ट आफ्नै लागि खट्दै थिए ।

    समय आफ्नै गतिमा दौडिरह्यो । श्रेष्ठ पनि के कम समयको रफ्तार पक्रिने ध्याउन्नमा समयलाई पच्छ्याईरहे । बाजेको सेकुवामा आउटलेट क्याफे संञ्चालन गर्ने अफर आयो  । भएभरको पैसा त उनले यस अघिका आउटलेटमा डुबिसकेको थियो । उनले एक अवसर गुमाए । त्यसपछि कोरियन कम्पनीले बाजेको सेकुवामा कफी शप संञ्चालन गर्ने भयो उनि त्यही योजनामा सामेल भए । यी सबै उनका लागि समयको बर्बादि मात्रै थिए ।

    उनि त आफ्नै क्याफे संञ्चालन गर्न चाहान्थे । आफै मालिक र आफै कारिगर बन्न चाहान्थे । आफ्नै क्याफेमा आफैले आफैलाई कफी बनाउन निर्देश दिने रहर उनको मनको कुना काप्चामा व्याप्त थियो । सन् २०१४ को एक दिन उनले मनभरी लुकामारी खेल्न रहरलाई च्याप्प समाते र एस्प्रेसो अर्गानिक कफी बारमा ल्याएर राखे । सधै बरिष्ठ बरिस्ताको उपमाले चिनिने श्रेष्ठले नामको अगाडी व्यवसायी पनि जोडे । गैरिधाराबाट उनले शुरु गरे आफ्नै कफी व्यसाय  । करिब साढे २ बर्ष गैरिधारामा कफी शप चलाएपछि उनि आजभोली बानेश्वर सरेका छन् । अब भने श्रेष्ठ केही स्थिर बनेका छन् । जीवनका धेरै बर्ष उनले क्याफे खोज्दै बिताए । अब बाँकी बर्षहरु त्यही दौडधुपको सोधभर्ना स्वरुप यही क्याफेमा बिताउने योजनामा छन् श्रेष्ठ ।

    श्रेष्ठका दुई छोराले पनि पिताकै मार्ग पहिल्याए । एसएलसी सकेको पछिल्लो दिनबाट कफी शपमा जोडिन आईपुगेका उनका छोराहरु पनि पूर्णकालिन कफी व्यवसायी बन्ने तरखरमा छन् । छोराहरुकै भरमा उनको क्याफे चल्छ ।

    छुटाउनै नहुने अर्को कुरा हो उनको कफी व्यवसायकी सहयात्री हुन् अभिनेत्री तथा संञ्चारकर्मी कृति भट्टराई । श्रेष्ठको सिप, अनुभव र भट्टराईको उत्प्रेरणाले नै एस्प्रेसो अर्गानिक कफी शपले आज ४ बर्ष पुरा गर्न आँटेको छ ।

    हिमालयन जाभामा काम गर्दै गर्दा उनलाई आफै कुनै दिन मालिक बन्छु भन्ने लागेकै थिएन । सम्झनाका धुमिल पर्दाहरुमा पुराना दिनहरु देखापर्छन । मोरङ देखि काठमाडौँको आफ्नो यात्रालाई उनि सफल नै ठान्छन् । व्यापार व्यवसायमा धोका, चलाखी घाटा सबैको सामाना गरेका श्रेष्ठ जीवनलाई गतिशिल अनुभवहरुको संयोजन ठान्छन् ।

    सपरिवार कफी व्यवसायमा लागेका श्रेष्ठ अझै पनि नेपालमा अन्तर्राष्ट्रिय मापदण्डको कफी उत्पादन भने गर्न नसकिएको बताउँछन् । “हाम्रो कफी राम्रो छ तर यसलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन अझै हामीले मिहनेत गर्नु पर्छ ।” मूलत कफीको भण्डारण र रोष्टिङमा पर्याप्त ध्यान दिनुपर्ने उनि सुझाउँछन् ।

    हिमालयन जाभामा काम गर्दै गर्दा उनलाई आफै कुनै दिन मालिक बन्छु भन्ने लागेकै थिएन । सम्झनाका धुमिल पर्दाहरुमा पुराना दिनहरु देखापर्छन । मोरङ देखि काठमाडौँको आफ्नो यात्रालाई उनि सफल नै ठान्छन् । व्यापार व्यवसायमा धोका, चलाखी घाटा सबैको सामाना गरेका श्रेष्ठ जीवनलाई गतिशिल अनुभवहरुको संयोजन ठान्छन् ।

    चाँडै नै राजधानिका अन्य स्थानहरुमा पनि एस्प्रेसोको शाखा खोल्ने योजना सुनाउँदै उनि भन्छन ।“अब छोराहरुलाई यो व्यवसायमा स्थापित गर्ने हो, अबको बजार नयाँ पुस्ताको हो ।”

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast