सोमबार, कार्तिक ४, २०७६
    स्कुल-कलेज

    त्रिवि र मिसौरी विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान हुने

    दुई विश्वविद्यालयबीच भएको सम्झौता कार्यान्वयनका लागि डिसेम्बरको ९ तारिखमा हुने मिसौरी विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथिका रुपमा भाग लिन उपकुलपति डा तीर्थ खनियाँ बिहीबार त्यसतर्फ प्रस्थान गर्ने

    बुधबार, २० मंसिर २०७४, आहाखबर

    काठमाडौँ, २० मंसिर । 

    त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यस्थित युनिभर्सिटी अफ सेन्ट्रल मिसौरीबीच विद्यार्थी आदानप्रदान हुने भएको छ । दुई विश्वविद्यालयबीच भएको सम्झौता कार्यान्वयनका लागि यही डिसेम्बरको ९ तारिखमा हुने मिसौरी विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथिका रुपमा भाग लिन उपकुलपति डा तीर्थ खनियाँ बिहीबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । 

    त्रिवि सूचना शाखाका अनुसार भ्रमणमा उपकुलपति खनियाँले त्रिविले हालै अवलम्बन गरेको क्रेडिट ट्रान्सफरका सन्दर्भमा अमेरिकी विद्यार्थीले नेपालमा आएर र नेपाली विद्यार्थीले अमेरिकामा गएर आफनो शैक्षिक उपाधि हासिल गर्न सक्ने व्यवस्थाको समेत औपचारिक कार्यान्वयनको प्रारम्भ गर्ने  भएका छन् । दीक्षान्त समारोहमा त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा ऋदिशकुमार पोखरेल र व्यवस्थापन संकायका डिन प्रा डा डिल्लीराज शर्माले पनि भाग लिनेछन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast