सोमबार, असोज ६, २०७६
    स्वाद/परिकार

    तपाई ‘चिकेन क्रिस्पी’को स्वाद लिन चाहानु हुन्छ, यसरी बनाउनु होस् ‘चिकेन क्रिस्पी’

    मंगलवार, १९ मंसिर २०७४, आहाखबर

    काठमाडौं । 
    अधिकांश मानिसको रोजाइमा पर्ने मासुको नाम हो कुखुराको मासु । कुखुराको मासु धेरै मानिसले प्राय दिनहुँ जसो खाने गर्दछन् । तर कति पय मानिसलाई भने कुखुराको मासु मन नपर्न पनि सक्छ । 

    प्राय बजारमा खसीको मासु, बुंगुरको मासु, बदेलको मासु, राँगोको मासु, अस्ट्रिजको मासुको तुलनामा कुखुराको मासु अलि सस्तो पर्ने भएकाले पनि मानिसहरुले कुखुराको मासु नै धेरै सेवन गर्ने गर्दछन् । 

    कुखुराको मासुको विभिन्न परिकार बनाउन सकिन्छ र मानिसहरु मासुका विभिन्न परिकार बनाएर खान रुचाउँछन् । यदि कुखुराको मासु मन पराउँने हरुका लागि ‘चिकेन क्रिस्पी’ स्वादिलो परिकार बन्न सक्छ । 

    ‘चिकेन क्रिस्पी’  तयारको लागि चाहिने आवश्यक सामग्री 
    ४ चम्चा तेल, ४ चम्चा पिठो, २० मिली दुध, १ सय १५ ग्राम पाकेको चिकन, ५५ ग्राम ह्वाइट ब्रेड, केहि मात्रामा काटेको हरयिो धनिया, 

    अब सबै माथि उल्लेखित सामाग्री तयार भएपछि प्यानमा तेल राखेर मन्द आगोमा तताउने, साथै यसमा केहि मात्रामा पिठो राख्ने र रा्रमोसंग चलाउने जसलाई एक मिनेट सम्म पकाएर प्यान निकालेर दुध मिसाएर राम्रोसँग चलाउने ।

    उक्त मिश्रणलाई राम्रोसँग चलाउँदै मन्द आगोमा पुनः पकाएपछि निकालर त्यसमा चिकेन राखेर राम्रोसँग मोल्ने ।  यसपछि नुन, धनिया र मरिचको धुलो राख्ने । यसरी चिकेन क्रिस्पी तयार हुन्छ । र यो चिकेन क्रिस्पी स्वादिष्ट हुन्छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast