बिहिवार, असोज २, २०७६
    राज्य-समाज

    यसरी बन्नेछ नेपालको प्रदेशसभा, कुल ५ सय ५० जना सदस्य

    प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिक निर्वाचन प्रणालीतर्फ २ सय २० गरी ७ प्रदेशमा कुल ५ सय ५० जनाप्रदेश सभा सदस्य निर्वाचित हुने

    मंगलवार, १९ मंसिर २०७४, आहाखबर संवाददाता .

    मंसिर १९, काठमाडौँ ।

    प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमंसिर २१ गते हुँदै छ । यसअघि मंसिर १० गते पहिलो चरण अन्तर्गत विभिन्न ३२ जिल्लामा निर्वाचन सम्पन्न भईसकेको छ । दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा हुँदै छ ।

    पहिलो चरण र दोस्रो चरणको मतगणना भने एकैपटक थालिने छ ।मतगणना मंसिर २१ गते साँझबाट शुरु गरिने छ । संविधानको आधारमा निर्माण भएको प्रदेशसभा सदस्यनिर्वाचन सम्बन्धी ऐनका आधारमा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिक निर्वाचन प्रणालीतर्फ २ सय २० गरी ७ प्रदेशमा कुल ५ सय ५० जनाप्रदेश सभा सदस्य निर्वाचित हुनेछन् ।

    संविधानको धारा १७६ को उपधारा १ खण्ड कबमोजिम सम्बन्धित प्रदेशबाट प्रतिनिधिसभामा पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्या प्रदेशसभामा पनि प्रत्यक्षनिर्वाचि नहुने कुरा संविधनले नै तोकेको छ । सोही धाराको खण्ड 'ख'को  खण्ड 'क'अनुसार प्रत्यक्षतर्फ कायम हुन आउने सदस्य संख्यालाई ६० प्रतिशतमानीबाँकी ४० प्रतिशत सदस्य संख्या समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित गर्नुपर्ने उल्लेख गरिएको छ ।

    संविधानमा व्यवस्था गरिए अनुसार प्रदेश व्यवस्थापिका एक सदनात्मक हुनेछ, जसलाई प्रदेशसभा भनिनेछ । प्रदेशकार्यपालिका नै अब प्रदेश मन्त्रीपरिषद्को रुपमा रहने छ ।प्रत्येक प्रदेशमा राष्ट्रपतिले एक प्रदेश प्रमुख नियुक्त गर्नेछन्। प्रदेश मन्त्रिपरिषदको गठन गर्दा प्रदेशसभामाबहुमतप्राप्त संसदीय दलको नेता मुख्यमन्त्री नियुक्त हुनेछन्। मुख्यमन्त्रीकै अध्यक्षतामा प्रदेशमन्त्रिपरिषद् गठन हुनेछ। यदि प्रदेशसभामा बहुमतनभए दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान रहेको छ ।

    प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमाप्रदेशसभाका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्रीसहित प्रदेशसभाको कुल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्नेछन् ।प्रदेशसभाको सदस्यनभएको व्यक्ति पनि मुख्यमन्त्रीको सिफारिसमा प्रदेशमन्त्री हुन सक्ने व्यवस्था रहेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast