सोमबार, कार्तिक ४, २०७६
    राज्य-समाज

    चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिन्छ : प्रवक्ता मोहनबहादुर बस्नेत

    चुनावपछि प्रदेश प्रमुख नियुक्त गरिने

    मंगलवार, १९ मंसिर २०७४, आहाखबर

    कैलाली, १९ मंसिर ।

    सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने बताएका छन् । 

    नेपाल प्रेस युनियन कैलालीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले चुनावपछि प्रदेश प्रमुख नियुक्त गरिने जानकारी पनि दिए । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षाको पूर्ण व्यवस्था भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन उनले मतदातालाई आह्वान गरे । 

    फरक प्रसंगमा सूचना तथा सञ्चारमन्त्री बस्नेतले सञ्चारमाध्यमको गुणस्तरीयता बढाउन सरकारबाट दिइने सुविधा वृद्धि गरिने जानकारी दिँदै सरकारले सबै प्रदेशमा आमसञ्चारका संयन्त्र विस्तारमा आवश्यक गृहकार्य गरिरहेको बताए । 

    मन्त्री बस्नेतले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न आमसञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताउँदै सोहीअनुसार जिम्मेवार तरिकाले समाचार संकंलन तथा सम्पेषण गर्न आग्रह गरे । 

    -रासस

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast