मंगलवार, कार्तिक ५, २०७६
    सावधान

    नेपाली काँग्रेसका नेता रमेश लेखकको घरनजिक बम विष्फोट

    बम बिष्फोटन गर्ने कार्यमा संलग्नहरुको खोजी कार्य शुरु

    मंगलवार, १९ मंसिर २०७४, आहाखबर

    कञ्चनपुर, १९ मंसिर ।

    नेपाली काँग्रेसका नेता एवं कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार रमेश लेखकको भीमदत्त नगरपालिका भाँसीस्थित घर नजिकै गएराति बम विष्फोटन गरिएको छ । 

    बम विष्फोटबाट घरमा कुनै प्रकारको क्षति नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । बम बिष्फोटन गर्ने कार्यमा संलग्नहरुको खोजी कार्य शुरु गरिएको उनले बताए । 

    नेपाली काँग्रेसका पूर्व कञ्चनपुर जिल्ला कार्यसमिति सचिव भोजराज बोहराले नेता लेखकको घर नजिकै बम बिष्फोटनको घटनाको भर्त्सना गरेका छन् । उनले आपराधिक क्रियाकलापमाथि तत्काल नियन्त्रण गर्न मागसमेत गरेका छन् । 

    यसैबीच, चुनावी कार्यक्रम सकेर फर्कँदै गरेका वाम गठबन्धन डडेल्धुराका प्रतिनिधि सभाका उम्मेदवार खगराज भट्टको गाडीलाई लक्षित गरी गएराति ९ बजे बम प्रहार गरिएको छ । बम प्रहारबाट गाडीमा सामान्य क्षति पुगेपनि उम्मेदवार भट्टसहित गाडीमा सवार सबैजना सकुशल रहेको बताइएको छ । 

    -रासस 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast