डा. सूर्यराज आचार्य र मुमाराम खनालले छाडे साझा पार्टी #Aaha News# भित्री बस्त्रको छनौटमा मानिसले गर्छन् यी ६ गल्ती #Aaha News# देशमा अशान्ति भएपछि मालीका राष्ट्रपतिद्वारा संवैधानिक अदालत विघटनको घोषणा #Aaha News# कोरोना संक्रमणबाट निधन भएका पुरुष बस्ने टोल सिल #Aaha News# ‘भारतीय च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिँदैन’ #Aaha News# प्रशासनिक निर्णयबाटै पनि क्लिन फिड लागू गर्न सकिन्छः मन्त्री खतिवडा #Aaha News# जनता समाजवादीले लियो दल दर्ताको प्रमाणपत्र #Aaha News# काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायमा फैलिएको आशंका #Aaha News# आइतबार थपिए ८२ जना कोरोना संक्रमित, कुन प्रदेशमा कति ? #Aaha News# पार्टीमा विवाद आउनु नौलो विषय होइनः प्रचण्ड #Aaha News# यौन चाहना र लतबीच के अन्तर छ ? #Aaha News# अमेरिकाद्वारा फ्रान्सेली उत्पादनमा कर वृद्धि गर्ने घोषणा #Aaha News# सेलफोनबाट टिकटक हटाउन कर्मचारीलाई अनुरोध #Aaha News# म्याग्दी पहिरोः मृतकको सङ्ख्या १७ पुग्यो, तीन घाइतेको उद्धार #Aaha News# जनताको विश्वास कसैले चुकाउनु हुँदैनः प्रचण्ड #Aaha News#

    aahakhabar

      धर्म-संस्कृति

      हिन्दू र मुसलमान समुदायको संयुक्त धार्मिक आस्थाको केन्द्र ‘मदारबाबा मेला’ शुरु

      मेलामा नेपालका साथै भारतका दिल्ली, मुम्बई, बिहार, बंगाललगायत विभिन्न स्थानबाट १० लाखभन्दा बढी भक्तजन आउने अनुमान

        Aaha News Tue, Feb 06, 2018 1.75K

        नवलपरासी, २३ माघ ।
        हिन्दू र मुसलमान समुदायको संयुक्त धार्मिक आस्थाको केन्द्र ‘मदारबाबा मेला’ शुरु भएको छ । मराजको मुख्य समाधिस्थल (पूजास्थल ) मा मुख्य पीठाधीश अमिरुल्ला अन्सारी सोमबार नै पुगेपछि मेला शुरु भएको हो । 

        मदारबाबाको मेला लाग्ने स्थल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सुस्ता गाउँपालिका – २ महलबारीबाट ९ किमी पहाडी क्षेत्रमा पर्छ । मदारबाबाको मराजमा पुग्नका लागि लामो समय र अप्ठ्यारो बाटो तय गर्नुपर्ने हुन्छ । 

        महलबारी गाउँबाट निकै कठिनाइपूर्वक ९ किमी पहाडीयात्रा गरेर बाबाको समाधिस्थल जानुपर्छ । मेलामा नेपालका साथै भारतका दिल्ली, मुम्बई, बिहार, बंगाललगायत विभिन्न स्थानबाट १० लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ । 

        मेला ३५÷३६ वर्षयता निरन्तर लाग्दै आएको छ । यस वर्षको मेला आगामी फागुन १ गतेसम्म चल्ने छ । मेलामा आउने भक्तजनको सुविधा र व्यवस्थापनका लागि स्थानीय कुतबुल मदारशाह दरगाह समितिले काम गरेको समितिका सचिव अजमुद्दिन मियांले जानकारी दिए । 
        मेला मुसलमान मान्यतानुसार महान्ऋषि बदिउद्दिन शाहको ६०१औं वार्षिकीका रूपमा मनाइँदै छ । विकट पहाडमा पूजापाठ गर्न आउने भक्तजनले भाकल गरेको पुग्ने विश्वास छ । 
        सन्तान नहुने दम्पतीले सन्तान पाउने, दीर्घरोगी निको हुनेलगायत मान्यता र विश्वास भएकै कारण मेलामा आउने भक्तजनको संख्या दिनानुदिन बढ्दै गएको पीठाधीश बाबा अमिरुल्लाह अन्सारीको भनाइ छ । 

        श्रद्धाको यस केन्द्रमा चार महत्वपूर्णस्थान छन् । महलबारीमा मस्जिद तथा गुद्दरबाबा, चावलधोइ र उच्च पहाडमा मदारबाबास्थान छन् ।। यसै स्थानमा पुग्न सक्नुलाई सुखको मुहान खुल्नुसरह मानिन्छ । मुख्य केन्द्रका रूपमा रहेको यस स्थानमा बाबा आसीन हुने र त्यहाँ पुग्ने भक्तजन बाबाको आशिष लिई फर्कन्छन् । 

        ऐतिहासिक मेलामा हिन्दू र मुसलमान दुवै धर्मका व्यक्ति श्रद्धाका साथ जाने गर्छन् । हिन्दू मुसलमान दुवै धर्मका मान्छे एकै स्थानमा श्रद्धाका साथ आउने समितिका कोषाध्यक्ष रियाजुलहक अन्सारीले बताए । 

        मेलामा अत्यधिक भीड हुने भएकाले मेला व्यवस्थापन, शान्ति सुरक्षा, सडक मर्मत, खानेपानी व्यवस्थापनलगायत आवश्यक सबै तयारी मिलाइएको समितिका अध्यक्ष निजामुद्दिन मियाँको भनाइ छ । 

        आजभन्दा ६०१ वर्ष पहिले यहाँ मुसलमान समुदायका धर्मगुरुले यस क्षेत्रमा समाधिस्थल बनाई पूजाआजा गरेकामा बाबा मरेपछि पछिल्लो ३०÷३५ वर्ष अघिदेखि प्रत्येक वर्ष बाबाको सम्झनामा मेला लागेको मेलाका वर्तमान पीठाधीश अन्सारीको भनाई छ । रासस

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast