डा. सूर्यराज आचार्य र मुमाराम खनालले छाडे साझा पार्टी #Aaha News# भित्री बस्त्रको छनौटमा मानिसले गर्छन् यी ६ गल्ती #Aaha News# देशमा अशान्ति भएपछि मालीका राष्ट्रपतिद्वारा संवैधानिक अदालत विघटनको घोषणा #Aaha News# कोरोना संक्रमणबाट निधन भएका पुरुष बस्ने टोल सिल #Aaha News# ‘भारतीय च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिँदैन’ #Aaha News# प्रशासनिक निर्णयबाटै पनि क्लिन फिड लागू गर्न सकिन्छः मन्त्री खतिवडा #Aaha News# जनता समाजवादीले लियो दल दर्ताको प्रमाणपत्र #Aaha News# काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायमा फैलिएको आशंका #Aaha News# आइतबार थपिए ८२ जना कोरोना संक्रमित, कुन प्रदेशमा कति ? #Aaha News# पार्टीमा विवाद आउनु नौलो विषय होइनः प्रचण्ड #Aaha News# यौन चाहना र लतबीच के अन्तर छ ? #Aaha News# अमेरिकाद्वारा फ्रान्सेली उत्पादनमा कर वृद्धि गर्ने घोषणा #Aaha News# सेलफोनबाट टिकटक हटाउन कर्मचारीलाई अनुरोध #Aaha News# म्याग्दी पहिरोः मृतकको सङ्ख्या १७ पुग्यो, तीन घाइतेको उद्धार #Aaha News# जनताको विश्वास कसैले चुकाउनु हुँदैनः प्रचण्ड #Aaha News#

    aahakhabar

      राज्य-समाज

      बाम गठबन्धन सरकार

      वाम एकताको प्रक्रिया चाँडै टुङ्गिने छ : वरिष्ठ एमाले नेता खनाल

      खनाल द्वारा नयाँ सरकारले भारत र चीनसँग नयाँ मित्रता कायम गरेर अगाडि बढ्नेसमेत धारणा व्यक्त

        Aaha News Tue, Feb 06, 2018 1.15K
        फाइल तस्वीर : वरिस्ठ एमाले नेता झलनाथ खनाल

        काठमाडौँ, २३ माघ  । 

        नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र)सँग वैचारिक र सांगठनिक समस्या समाधान गरेर चाँडै नै वाम एकताको प्रक्रिया टुङ्गिने बताएका छन्  । 

        इरानको राजधानी तेहरानमा भएको एशियाली राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)को २९औँ स्थायी कमिटीको बैठकमा सहभागी भएर आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उनले अब नयाँ सरकारले भारत र चीनसँग नयाँ मित्रता कायम गरेर अगाडि बढ्नेसमेत धारणा व्यक्त गरे । 

        रेमशमार्गसम्बन्धी आइक्यापको बैठकमा एशिया, युरोप, अफ्रिकालगायत २४ मुलुकका ३८ राजनीतिक दलका नेता सहभागी थिए । सो बैठकमा वरिष्ठ नेता खनालले रेशम मार्गमा राजनीतिक पार्टीहरुको भूमिकाकाबारे चर्चा गर्नुका साथै विभिन्न देशका राजनीतिक पार्टीका नेताहरुसँग भेटघाटसमेत गरेका  उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । 

        वरिष्ठ नेता खनाल यही माघ १७ गते सो. बैठकमा सहभागी हुन इरान गएका थिए  । 

        रासस
         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast